नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघ नेपालको ‘युथफोर्स’ ले र्याली निकालेको छ।
आज युथफोर्सले भ्याली कमाण्ड घोषणा गर्नुअघि र्याली निकालेको हो। घोषणापछि शपथ ग्रहण पनि गराउने कार्यक्रम छ।
युथ फोर्सको र्याली माइतीघरदेखि नयाँ बानेश्वर हुँदै कार्यक्रमस्थल बबरमहलस्थित एक ब्यांक्वेटमा पुगेर कोण सभामा परिणत भएको हो।
यद्यपि कार्यक्रममा एमाले अध्यक्ष ओली भने उपस्थित छैनन्। अहिले कार्यक्रमस्थलमा नेता महेश बस्नेतले भाषण गरिरहेका छन्।