नेविसंघ पब्लिक युथ क्याम्पसको नेता बलराम उप्रेतीलाई अनेरास्ववियूका केही विद्यार्थीले आक्रमण गरेकोमा नेविसंघ केन्द्रीय समितिले विरोध गरेको छ।
नेविसंघ अध्यक्ष राजिब ढुंगानाले विज्ञप्ति निकालेर उप्रेतीलाई घाइते बनाएकोमा निन्दा र खेद व्यक्त गरेका छन्।
व्यक्तिगत स्वार्थ र आवेगकका कारण समग्र क्याम्पसको वातावरण नै खलबल पुर्याएको भन्दै नेविसंघले उक्त घटनाको विरोध गरेको छ।
उप्रेतीको ट्रमा सेन्टरमा उपचार गरिएको छ। गुण्डागर्दी शैलीमा उत्रने विद्यार्थीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न नेविसंघ महामन्त्री दीपक भट्टराईले माग गरेका छन्।