नेपाली कांग्रेस काठमाडौं महानगरपालिका सभापति र कार्यसमितिका लागि आज भएको मतदान प्रक्रिया सकिएको छ।
आइतबार अपरान्हदेखि मतगणना सुरू गरिएको हो।
महानगर सभापति पदमा सभापति शेरबहादुर देउवा पक्षबाट प्रगतिमान रञ्जित र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नीलकाजी शाक्य सभापति पदका उम्मेदवार छन्।
शाक्य काठमाडौं महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष पनि हुन्।
मुख्यगरी रञ्जितलाई कांग्रेस नेता भीमसेनदास प्रधानको साथ छ भने शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन छ।
आज भएको मतदानमा १३३९ मत खसेको छ। महानगरका ३२ वडाका सभापति र ती वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरू पालिका अधिवेशनका मतदाता हुन्।
कांग्रेसले मंसिरमा हुने १४ औं महाधिवेशन अन्तर्गत पालिका अधिवेशन गरिरहेको छ।