गए राति परेको वर्षापछि मेलम्चीमा बढेको पानीको सतहले क्षति पुर्याएको सडक मर्मत गरिएको छ।
मेलम्ची ११ को फट्टेमा ह्युमपाइप राखेर सडक मर्मत गरिएको हो। मेलम्ची नगरपालिकाले उक्त सडक मर्मत गरेको छ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश घलेले आज बेलुकीसम्म सडक मर्मत गरेर सञ्चालनमा आउने बताए।
गत असार १ मा आएको बाढीले पक्की पुल बगाएपछि ह्युमपाइप राखेर अस्थायी सडक बनाइएको थियो।