बाढीपहिरो र डुबानपीडितलाई राहत दिने सरकारले निर्णय गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत दिने निर्णय गरेको हो।
सिंहदरबारमा बुधबार बसेको बैठकले बाढीपहिरो र डुबानबाट पीडित भएकाहरूलाई उद्धार गर्ने, राहत दिने निर्णय गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
गत शनिबारदेखि परेको पानीले देशका विभिन्न भागमा जनधनको क्षति भएको छ।
सरकारले बालीको क्षतिको विवरण संकलन गर्ने र त्यसका आधारमा राहत दिने तयारी गरेको छ।
साथै बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।