प्रदेश नम्बर १ मा मुख्यमन्त्री भीम आचार्यले आइतबार लिने भनिएको विश्वासको मतदान रोक्न नेपाली कांग्रेसले निवेदन दिएको छ।
गत शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रश्वास पेश भएको थियो। सो दिन प्रस्ताव पेश गरिए पनि मतदान भने आइतबार हुने तय गरिएको थियो।
तर आइतबार कांग्रेसले नै मतदान रोक्न निवेदन दिएको हो।
कांग्रेसले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश नम्बर १ को सुनसरी, मोरङ, इलाम, पाँचथर लगायतको भ्रमणमा आएकोले आज मतदान रोक्न माग गरेको छ।
आज मतदान रोक्न सभामुखलाई निवेदन दिएको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए। एमालेले पनि निवेदन दिएको कार्कीले बताए।
एमालेको विभिन्न कार्यक्रमहरू रहेको भन्दै निवेदन बुझाएका हुन्। एमालेले मतदान कात्तिक १५ गतेमात्रै हुनुपर्ने माग राखेको छ। अहिले दलहरूबीच बैठक जारी छ।