सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार मध्यराति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए।
प्रतिनिधिसभा र राष्ट्रियसभा अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेको हो।
आज बसेको प्रतिनिधिसभा कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरूद्ध गर्दै आएको छ।
पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले प्रतिनिधिसभा बैठक अवरूद्ध गर्दै आएको थियो।