नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
बुधबार बसेको केन्द्रीय सचिवालयको चौथो बैठकले खनाललाई विदेश विभागको जिम्मेवारी दिएको हो।
प्रमेश हमाललाई यस विभागको उपप्रमुखको जिम्मेवारी दिएको पार्टीले जनाएको छ। विभागमा बाँकी ९ जना सदस्य छन्।
विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइ.पी संग्रौला, शंकर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र शंकबहादुर शाही विभागका सदस्यहरू छन्।
त्यस्तै संगठन विभागको प्रमुखको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ भने उपप्रमुखमा प्रकाश ज्वाला छन्।
यस विभागमा अशोक कोइराला, कृष्ण खनाल र बलदेव चौधरी सदस्य छन्।
गंगालाल तुलाधरलाई शिक्षा विभाग र विपद् व्यवस्थापनको प्रमुखको जिम्मेवारी दिइएको छ। शिक्षामा लक्ष्मण केसी उपप्रमुख छन्।
शिक्षामा कमला तुलाधर, चन्द्र ढकाल, उद्धव पोख्रेल, गुणाखर गैरे र सरोज खतिवडा सदस्य छन्। त्यस्तै, विपदमा सूर्यबहादुर थापा, आयाम पाण्डे, राजु थापा र विष्णु तिम्सिना सदस्य छन्।
यता सहकारी विभागमा भने गोविन्द कोइराला प्रमुख र टेकप्रसाद चौलागाईं उपप्रमुख छन्।
नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान सदस्य छन्।
पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने समेत निर्णय बैठकले गरेको थियो।