नेपाली कांग्रेसको डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन्।
सिंहले भूमिराज बडूलाई हराउँदै सभापतिमा विजयी भएका हुन्।
बुधबार दोस्रो चरणको मतदानमा जम्मा ९ सय ८७ मत खसेको थियो। जसमा सिंहले ५ सय ६८ मत ल्याएका थिए। यस्तै उनका प्रतिद्वन्द्वी बडूले ३ सय ९७ मत ल्याएर पराजित भएका हुन्।
यसअघि मंगलबार भएको पहिलो चरणकाे निर्वाचनमा सिंहले ३ सय ६८, बडूले ३ सय ४२ मत प्राप्त गरेका थिए।
यस्तै, सभापतिका ५ प्रतिस्पर्धीमध्ये ५० प्रतिशत मत नपुगेपछि दोस्रो चरणमा निर्वाचन भएको थियाे।