नेपाली कांग्रेस रूकुमपश्चिम जिल्ला कार्यसमिति सभापतिमा प्रेमप्रकाश वली सर्वसम्मत चयन भएका छन्।
उनी यसअघि पनि सभापति नै थिए।
उपसभापतिमा हर्कसिं खत्री, सुरतजंग मल्ल सर्वसम्मत चयन भए भने सचिवमा तारक शाही र परमेश्वर भण्डारी चयन भएको कांग्रेस रूकुमपश्चिमले जनाएको छ।
सहसचिवमा यज्ञ विष्ट र प्रेमबहादुर खड्का चयन भएका छन्। कोषाध्यक्षमा मोहवीर खड्का चयन भए।
कांग्रेसमा कोषाध्यक्ष मनोनित पद हो।
मंसिर ६ गते सातौं जिल्ला अधिवेशन उद्घाटन गरिए पनि सहमतिको प्रयास गर्दा नेतृत्व चयन गर्न ढिलाइ भएको थियो। अधिकांश नेता सभापति शेरबहादुर देउवानिकटहरू कार्यसमितिमा आएका छन्।