राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशनको आह्वान गरेकी छन्।
बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै संसद अधिवेशन आह्वान भएको जानकारी दिएका हुन्।
राष्ट्रपति भण्डारीले मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अधिवेशनको आह्वान गरेकी हुन्।
'राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को बिहीबार को सिफारिसमा मंसिर २८ गते मंगलबार २ बजे नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,' विज्ञप्तिमा उल्लेख छ।