नेकपा एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा पाण्डे एमाले कालीकोटका अध्यक्षमा निर्वाचित भएका हुन्।
उनले रमेश शाहीलाई पराजित गरेका हुन्। पाण्डेले ४३१ मत ल्याएका थिए। शाहीले २९७ मत ल्याएका छन्।
यस्तै, उपाध्यक्षमा दयाराम सिम्खडा निर्वाचित भएका छन्।
सचिवमा टेकबहादुर बुढा, सहसचिवमा ब्यासी तिरूवा विजयी भएका छन्।