आज भएको राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमादेवी तिमल्सिना विजयी भएका छन्।
पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पनि हुन्। उनलाई यसअघि सरकारले राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गरे पनि राष्ट्रपतिले रोकेकी थिइन्।
बागमतीमा सत्तारूढ गठबन्धनले दुबै सिटमा जितेको हो। यहाँ अन्य र महिलातर्फ समूहमा निर्वाचन भएको थियो।
पौडेलले चार हजार सात सय ९४ मतभार र तिमल्सिनाले चार हजार आठ सय २४ मतभार ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सत्तारूढ गठबन्धनले लुम्बिनी र सुदूरपश्चिममा पनि जितेका छन्।