राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मसाल जुलुस निकालेको छ।
मंगलबार साँझ भ्रातृ संगठनले मशाल जुलुस निकालेको हो।
भृकुटीमण्डपबाट सुरू भएको मसाल जुलुस भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको थियो।
पेट्रोलियम पदार्थको मूल्य अत्याधीक रूपमा बढेपछि विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन्। सोमबार मात्रै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले पनि प्रदर्शन गरेको थियो।
प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो।