नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी बिरामी भएका छन्।
उनलाई मुटुको चालमा समस्या देखिएपछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गरिएको छ।
मंगलबार केसीको मुटुमा पेसमेकर (मुटुको गति नियन्त्रण गर्न सघाउने यन्त्र) राखिएको छ।
‘हिजो अपरेशन गरेर पेसमेकर राखिएको हो। उहाँको स्वास्थ्य सुधारउन्मुख रहेको चिकित्सकहरूले जानकारी दिनुभएको छ,’ उनका स्वकीय सचिव निराजन थापाले सेतोपाटीसँग भने, ‘उहाँलाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।’
स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार केसीलाई अस्पताल लगिएको थियो।