नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने बताएका छन्।
उनले समितिमा बस्नेहरूको नाम संकलनको कार्य भइरहेको बताए।
‘संसदीय छानबिन समिति गठन गर्ने सहमति भयो। अहिले नाम संकलन गर्ने काम भइरहेको छ,’ उनले भने।
अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बनेपछि अर्थमन्त्रीको पद स्वत जाने दाबी उनले गरेका छन्।
‘अर्थमन्त्रीले राजीनामा दिनुपर्दछ। हाम्रो यो अडान कायमै छ। संसदीय छानबिन समिति बनेपछि उहाँको पद स्वत जान्छ,’ उनले भने।
बजेट बनाउँदा अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको अर्थमन्त्री शर्मामाथि आरोप छ।
यो पनि:
अर्थमन्त्री हुँदा विवादमा परेपछि भरतमोहन र विष्णु पौडेलमाथि संसदीय समितिले गरेको थियो छानबिन