नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरस्थित महाकाली र जोगबुडा नदीमा छिटो तटबन्धन बनाउन आग्रह गरेका छन्।
कञ्चनपुरको दोधारा–चाँदनीमा महाकाली र जोगबुडा नदीमा पानीको सतह बढेसँगै डुबानको समस्या रहँदै आएको छ।
शनिबार प्राविधिकहरुको टोलीसहित लेखकले तटबन्धन निर्माण स्थलको अनुगमन गरेका थिए।
‘हाम्रो पहलमा यहाँ तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको हो। यो काम समय सीमाभित्रै सम्पन्न गर्नुपर्छ। काममा लार्पवाही गर्न भएन,’ उनले भने।
लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार तटबन्धको अनुगमनका क्रममा प्राविधिक टोलीले पनि काम समयभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।