गत वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई नेपाली कांग्रेसले प्रशिक्षण तथा अभिमुखीकरण दिइरहेको छ।
सोमबार र मंगलबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ।
ललितपुरको हेरिटेज गार्डेनमा आयोजित प्रशिक्षण कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।
स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण केन्द्रित हुनेछ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गाउँ/नगरका प्रमुख तथा उपप्रमुख सहभागी छन्।
कांग्रेसले गत स्थानीय चुनावमा ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो।
तस्बिरहरू: