मंगलबारदेखिन नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने भएको छ।
साउन ३१ गतेदेखि १ महिनासम्म सञ्चालन हुने तालिमका लागि १६ अमेरिकी सेनाको टोली सोमबार नेपाल आइपुगेको छ। उक्त तालिममा नेपाली सेनाका ८० जना सहभागी हुँदैछन्।
२०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाका सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त अभ्यासको यो ३९ औं संस्करण भएको सेनाले जनाएको छ।
एक महिने तालिम छाउनी र नगरकोटमा हुँदैछ।