नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।
प्रचण्डलाई भेट्न मंगलबार उनको निवास खुमलटार पुगेकाका धरानका मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघालाई प्रचण्डले दुई युवाहरू सफल हुनुपर्ने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
'तपाईंहरू दुबै युवा हुनुहुन्छ। एउटा राईको छोरा, अर्को लिम्बुको छोरा हुनुहुन्छ। जातीय मनोविज्ञान पनि मिलेको छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै मल्लले भने,'तपाईंहरू सफल हुँदा धरानवासी र पूर्वका जनताले सुख पाउँछन्। धरान पुर्वको एउटा केन्द्र पनि हो। तपाईंहरूलाई सफल बनाउन हाम्रो साथ रहन्छ।'
यसअघि पनि आफूले साम्पाङकलाई लोकतन्त्रको फूलबारीमा फूलेको सुन्दर फूल भनेको स्मरण गर्दै प्रचण्डले साम्पाङको प्रशंसा गरेका थिए।