दिलविकास राजभण्डारी राप्रपा नेपाल छाडेर राप्रपामा फर्किएका छन्।
कार्यकर्ताको दवाव र भावनाअनुसार आफू राप्रपामै फर्किने निर्णयमा पुगेको उनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनले आफू राष्ट्रवादी शक्ति निर्माण गर्न राप्रपा नेपालमा सहभागी भएको तर उक्त पार्टीमा सैद्धान्तिक स्पष्टताले सार्थकता नपाएको उनले बताए।
उनले अब राप्रपालाई नै बलियो बनाउनुको विकल्प नरहेको पनि उल्लेख गरेका छन्।