विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन्।
उनी विवेकशील साझाको संस्थापकमध्ये हुन्।
पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखसमेत रहेका परियारलाई आज अध्यक्ष समीक्षा बास्कोटाले प्रवक्तामा नियुक्त गरेको पार्टीका केन्द्रीय सचिवालय व्यवस्थापन उपप्रमुख नवराज थापाले जानकारी दिए।
उनी विवेकशील साझाको स्थापनादेखि विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए।
परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा पनि क्रियाशील छन्।