सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा वरिष्ठ उपरीक्षक पुरूषोत्तम थापा नियुक्त भएका छन्।
यसअघिका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरूवा भएपछि बरिष्ठ उपरीक्षक थापाले उक्त जिम्मेवारी पाएका हुन्।