नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज निर्वाचन आयोग जाने भएका छन्।
प्रधानमन्त्री देउवा निर्वाचनसम्बन्धी आचारसंहिता पालनाको प्रतिवद्धता जनाउन आयोग जान लागेका हुन्।
प्रधानमन्त्री देउवा आइतबार अपरान्ह आयोग जाने उनको सचिवालयले जानकारी दिएको छ।
‘आचारसंहिता पालना गर्नेलगायत प्रतिवद्धतामा हस्ताक्षर गर्न प्रधानमन्त्री केहीबेरमा आयोग जाँदै हुनुहुन्छ,’ देउवाको सचिवालय स्रोतले भन्यो।
आयोगले आज १२ राजनीतिक दललाई निर्वाचन आचारसंहिताबारे छलफलका लागि बोलाएको थियो। प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि आयोगले बोलाएको थियो।