नेपाली कांग्रेसको 'प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति' संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत मनोनित भएका छन्।
कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधान बमोजिम महतलाई मंगलबार समितिको संयोजकमा मनोनयन गरेका हुन्।
पार्टीले विज्ञप्ति जारी गर्दै महतलाई संयोजक मनोनयन गरेको जानकारी दिएको हो।