नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ।
मकवानपुर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका खतिवडामाथि आज एक स्थानीयले हातपात गरेका हुन्।
उनी चुनावी सभामा जाँदै थिए।
मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनेवित्तिकै खतिवडामाथि हातपात भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
खतिवडाले भने आफूमाथि हातपातको प्रयास भएको र आफू अहिले चुनावी सभामा रहेको सेतोपाटीलाई बताए।
'म अहिले चुनावी सभामा छु, केही व्यक्तिले हातपातको प्रयास गरेका थिए,' उनले भने।
मादक पदार्थ सेवन गरेका पुरूषोत्तम खड्काले उनीमाथि हातपात गरेको स्थानीयहरूले बताएका छन्।
उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनााएको छ।