उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छन्।
बिहिबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताइन्।
आफू उपसभामुख भएर केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट यस्तो जानकारी पाएको उनले बताइन्।
उनले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताइन्। उनले संसदमा महिला सांसदहरुले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन्।
उनले सांसदहरू काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने बताइन्।
‘मैले केही गाउँहरु भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरुका लागि आवश्यक सामग्रीहरुको उपलब्धता छैन, यस्ता विषयहरु सदनमा गुन्जियोस्, सांसदहरुले यी कुराहरुमा ध्यान दिनुहुनेछ। उपसभामुखलाई उप, चुप भन्नेकुरा छ। मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु’, उनले भनिन्, ‘महिला सांसदहरु हुनुहुन्छ, उहाँहरुले विभिन्न समस्या भोग्नुभएको छ, सांसदहरुले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन्।’
उपसभामुख रानाले सांसदले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने बताए।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, १३:२२:००