नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
आज पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र पार्टीका सांसद संसदमा अब सत्तापक्षमा बस्ने निर्णय गरेको हो।
प्रवक्ता जगन्नाथ खतिवडाले सोमबार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि राख्ने प्रस्तावका पक्षमा मत दिने निर्णय भएको छ।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने र अबदेखि सत्तापक्षमा बस्ने निर्णय भएको छ,’ उनले भने, ‘सरकारमा जाने विषयमा छलफल अगाडि बढाउने निर्णय भएको छ।’
एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद छन्।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, १३:२२:००