प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाइसकेको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले बताएका छन्।
इच्छुक साँस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले राजनीतिमा विचित्रको लीला देखाउन थालेकोले प्रधानमन्त्री प्रचण्डलाई जनताले अब विश्वास नगर्ने दाबी गरे।
एमाले अध्यक्ष केपी ओलीसँग मिलेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको उनको आरोप छ।
‘यो सत्ता र यसका अवयवहरूलाई फ्याँक्नुपर्छ,’ उनले भने, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल हुन्। कांग्रेस त असफल नै हो।’
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, १७:०६:००