राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा पुगेका छन्।
गोरखकाली दर्शनलगायतका लागि उनी आज बिहान गोरखा गएका हुन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत् राष्ट्रपति गोरखा गएका हुन्। उनीसँगै गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा गएका छन्।
राष्ट्रपति पौडेलले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजाआजासमेत गरेका छन्। पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्।
राष्ट्रपति गोरखा बजार पुगेर गोरखा दरबार आउजाउ गर्दा सडक खाली गरिएको थिएन।
तस्बिरहरू:




