कृषि मन्त्री हरि पराजुलीले आफ्नो पदबाट राजीनामा दिएका छन्। १५ गते धान दिवसको दिनमा एक कार्यक्रममा काठमाडौंको मुलपानी पुगेका पराजुलीले महिलामाथि अभद्र व्यवहार गरेपछि चौतर्फी आलोचनामा परेका थिए। पराजुलीले बिहीबार बिहान पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर ओलीलाई राजिनामा बुझाएको एमाले स्रोतले जानकारी दिएको छ ।
उनका कारण एमाले पार्टीमाथि कारबाही गर्न चर्को दवाब परेपछि ओली र गृहमन्त्री बामदेव गौतम उनलाई हटाउने निर्णयमा पुगेका थिए।
सदन, र समाजिक संजालमासमेत मन्त्री पराजुलीको गतिबिधिप्रति चर्को अलोचना भएको थियो। गौतमको कोटाबाट मन्त्री बनेका पराजुली बनेका थिए ।
पराजुलीले भने आफूले कुने अश्लिल हर्कत नगररेको बताउँदै आएका छन्।