थरूहट पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोडेपछि भएको दोहोरो भिडन्तमा केही हताहत भएका छन्। प्रहरी र प्रदर्शनकारी दुबै तर्फमा केही हताहत भएको भनिएपनि पुष्टी भइसकेको छैन।स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएका थिए। प्रदर्शनकारीले पनि जवाफी ढुंगामुढा र गुलेली भालाले आक्रमण गरेपछि घटना भएको हो। स्थानीयका अनुसार करिब २ दर्जन सशस्त्र प्रहरीका जवानहरू घाइते भएका छन्। अहिले पनि स्थिति नियन्त्रणबाहिर छ। स्थानीय प्रशानले २ बजेदेखि लगाएको कर्फ्यू तोडेर प्रशर्नकारीले टिकापुरको सशस्त्र प्रहरी बेसक्याम्पमा आक्रमण गरेका थिए। कर्फ्यू अनिश्चितकालसम्म लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार प्रदर्शनकारीले घरेलु हतियार लिएर आक्रमण गरेका छन्। प्रहरी र प्रदर्शनकारी तर्फ धेरै हताहत भएो छ। तर यकिन भइसकेको छैन।
स्थिति नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो। थप विवरण आउन बाँकी...