जिल्लाको अमरगढी नगरपालिका वार्ड नं.६, भजनेउटा मतदान केन्द्रमा ११५ वर्षीय पार्वतीदेबी खड्काले मतदान गरेकी छिन्। प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर नजिक रहेको मतदान केन्द्रमा बिहान ७ः३० बजे महिलो मत खसाल्ने खड्काले २००७ सालयता निरन्तर मतदान गर्दै आईरहेकी छन्।
जनातिसम्मको सन्तान देखिसकेकी खड्का अझै पनि सामान्य हिँडडुल गर्न सक्छिन्। उनीलाई बोकेर मतदान केन्द्र लगिएको थियो। उनको परिवारमा २६ जना रहेका छन्। दुई छोरामध्ये जेठो छोरा गुमाइसकेकी उनका कान्छा छोरा हरि खड्काको उमेर समेत ७० बर्ष कटिसकेको छ। ‘आमालाई राति शौचकालागि भाँडो राखि दिनु परे पनि बिहान र दिउँसो कसैको सहयोग आवश्यक पर्दैन,’ हरि खड्काले भने।
तस्बिरः १, कान्छो छोरा हरि र पनातिनी मनिषासँग पार्वती देबी।
२, शेरबहादुर देउवा आफ्नो गाउँ असिग्राम गाविस ५ रुवाखोलामा मतदान गर्दै।
३, आरजु देउवा पनि असिग्राम गाविस ५ रुवाखोलामा मतदानका लागि लाइनमा।
तस्बिरहरु: श्याम भट्ट