राप्रपाले पर्यटन मन्त्रालय पाएपछि जिम्मेवारविहीन बनेका पर्यटन राज्यमन्त्री इन्द्र बानियाँलाई गृह राज्य मन्त्री बनाइएको छ।
केही दिन जिम्मेवारविहीन भएका बानियाँलाई सोमबार गृह राज्य मन्त्रीको जिम्मेवारी दिइएको हो। उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बानियाँलाई गृह राज्य मन्त्रीको जिम्मेवारी दिन प्रस्ताव गरेका थिए। निधिको प्रस्ताव अनुसार प्रधानमन्त्री दाहालले बानियाँलाई गृह राज्य मन्त्रीमा नियुक्त गरेका हुन्।
जीवनबहादुर शाही पर्यटन मन्त्री हुँदा बानियाँ राज्यमन्त्री बनेका थिए। केही दिनअघि राप्रपा नेता दिलनाथ गिरीलाई पर्यटन मन्त्री नियुक्त गरिएको थियो भने शाहीलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो।