Setopati https://setopati.com/ Nepal's Digital Newspaper जतिन्द्र औलखका दुई कविता  https://www.setopati.com/literature/255440 255440 2021-11-30 01:25:00 सन्तोष कुमार पोखरेल (अनुवाद)
जतिन्द्र औलखका दुई कविता 

अलबिदा पछि

म त्यो चाहन्नँ
अलबिदा पछि
मेरो चिहानमा
कसैले घुँघरु बजावस्
र चिहान नजिकै उम्रिएका 
केतकी एक्ला फूलको 
नीरवता भंग होस् ।

न त कोही 
बलेको बत्ती लिएर 
मेरो एक्लोपनको मजाक उडावस्
म जीवनको असीम अन्धकारलाई 

साथ लिएर जानेछु
अलबिदा पछि ।

 


तिर्खा बिना 

किन बिना नूरको छ
तिम्रो आत्मा
म बाट किन टाढा
र दुःखी हुँदैछ्यौ 
तिमी आजकल

मैले औंसी को रातमा देखेको छु
भग्नावशेषमा चम्किरहेका दुई आँखा
बिस्तारै जंगलमा
हराउँदै गरेको प्रकाश

म मरूभूमि जो हुँ
तिमी मेरो अतृप्त तिर्खा हौ

तिमी म र यिनी 
अमीट पीडा 
आऊ साथै भोगेर बाचौं।

म एक्लै कसरी हिँडौं
एकाकी को तपस लिएर 
म त मरूभूमि हुँ
अनि तिमी भौतारिँदी
तिर्खा हौ।

अब फर्की आऊ 
प्यास बिना कसरी बाँचोस् मरूभूमि।

(जतिन्द्र औलखको जन्म कोहली गाउँमा भएको थियो, जुन पाकिस्तानको पञ्जाब जिल्ला अमोर्तसरको सीमानामा अवस्थित छ। जतिन्द्र औलख होमियोप्याथिक चिकित्सक हुन् र मेघला नामक साहित्यिक पत्रिका प्रकाशित गर्दैछन्। जुन पञ्जाबी र हिन्दी भाषामा प्रतिनिधि पत्रिकाको रूपमा बाहिर आइरहेको छ।

उनको प्राचीन इतिहासमा लेखिएको पुस्तक ‘माझा इन एजेन्ट एज’ ले विश्वभरि प्रशंसा पाएको छ। डिसेम्बर २०२० मा प्रकाशित जतिन्द्र औलखको अंग्रेजी उपन्यास ' फल कान्ट चीज द स्प्रीङ्स' भारतमा सबभन्दा धेरै बिक्री हुने पुस्तकमध्ये एक हो। 

जतिन्द्र औलखले अमेरिकाको न्यूयोर्क सहरबाट प्रकाशित हुने पत्रिका ‘राइटर्स वीक्ली’ मा कवि र कविताबारे साप्ताहिक स्तम्भ प्रकाशित गर्दै आएका छन्, जुन विश्वका विभिन्न देशमा पढिन्छ छ। संसारभरका कविहरू यस स्तम्भमा प्रकाशित हुन आतुर छन्। पञ्जाबी कवितामा जतिन्द्र औलखको छुट्टै पहिचान छ र उनले हालै हिन्दीमा कविता लेख्न थालेका छन्।)

 

]]>
लाङटाङ पदयात्रामा जे देखियो, जे भोगियो (तस्बिरहरू) https://www.setopati.com/ghumphir/ghumphir-experience/254475 254475 2021-11-20 03:32:00 भानु रोशन राजभण्डारी क्यान्जिङ गुम्बा पुगेपछि प्रवेशमार्गमै फोहरको थुप्रो देख्दा काठमाडौंका चोक-चोकमा देखिने फोहरको थुप्रोको झल्को आयो। घर पनि कति ठूला-ठूला। क्यान्जिङमा गुजमुज्ज ठूला-ठूला कंक्रिटका घरहरूले ढाकिएको छ, बाटो पनि सहरको भित्री गल्लीमा जस्तो सानो।
लाङटाङ पदयात्रामा जे देखियो, जे भोगियो (तस्बिरहरू)

यात्राका कतिपय योजना वर्षौंसम्म योजनामै सीमित हुन्छन् भने कतिपय योजनाले छोटो अवधिमै सार्थकता लिन्छन्।

पथ प्रदर्शक भाइ निरोज श्रेष्ठले तयार गर्नुभएको टोलीसँग लाङटाङ पदयात्रा गर्ने अवसर मिल्यो।

७ दिने यो कार्यक्रममा विविध भोगाइ तथा अनुभव रहे।

बसबाट काठमाडौं, त्रिशूली, धुन्चे हुँदै स्याफ्रुबेंसी पुगेर पहिलो बास त्यहीँ नै भयो। सात दिनमा आउने जाने दुई दिन बसको यात्रा भयो भने बाँकी पाँच दिन पदयात्रामै बित्यो।

मोटर बाटो पुग्ने अन्तिम बिन्दु स्याफ्रुबेंसीबाट सुरू भएको पदयात्राको अन्तिम गन्तव्य क्याञ्जिङ गुम्बा पुग्दासम्मका खानपिनका सन्दर्भमा भन्नुपर्दा स्थानीय उत्पादन खासै केही भएको देखिएन।

केही ठाउँमा टनेल लगाएर साग उत्पादन गरिएको, मौसम अनुसार उत्पादन हुने इस्कुसबाहेक अन्य तरकारी फलफूलको उत्पादन भएको पाइएन।

केही मात्रामा उत्पादन हुने आलु पनि कीराको प्रकोपको कारणले राम्रो नभएको स्थानीयले बताए।

यसबाहेकका सीमित संख्यामा पालिएका चौरी गाईको दूधबाहेक अरू केही देखिएन।

बिहानको नास्तामा तिब्बतीयन रोटी खुवाउने प्रचलन रहेछ। जसलाई मैदामा बेकिङ पाउडर मिलाएर बनाएको पीठोले तयार गरिने रहेछ।

अलि मोटो आकारमा तयार गरिने यो रोटी दिनहुँ खाने गरेपछि पाचन क्रियामा केही असहजता महसुस भयो। मलाई मात्र यस किसिमको समस्या हो कि भनेको यात्रारत अरू मित्रलाई पनि यस्तै भएको रहेछ, अझ एक जना पायल्सबाट ग्रसित मित्रलाई त अलि बढी नै मुस्किल परेछ।

खानामा पनि साँझ बिहान एउटै जस्तो परिकार दाल, भात, सिमी र आलुको तरकारी साग भएको ठाउँमा साग अनि पापड दिने चलन रहेछ।

मैदाभन्दा गहुँको पीठोको मूल्य कम छ तर पनि होटलवालाले नास्तामा दिइने रोटीमा गहुँको पीठोको प्रयोग नगरी महँगो मैदा किन प्रयोग गर्ने गरेका हुन् बुुझ्न सकिएन।

बिहान खाली पेटमा बेकिङ पाउडर प्रयोग गरी तयार पारिएका भित्रसम्म राम्रो नपाकेको जस्तो लाग्ने मोटो रोटीले स्वास्थ्यमा सहजता दिएन।

खाना नास्तामा जे जति अन्नको प्रयोग भएको थियो त्यसमा स्थानीय उत्पादनको हिस्सा अत्यन्त न्यून मात्रामा थियो।

सबै खाद्यान्न तथा अन्य आवश्यक सरसामान स्याफ्रुबेंसीबाट मानिस वा खच्चडबाट बोकाएर लानुपर्ने अवस्था रहेछ।

२५ केजीको ढुवानी खर्च तीन हजार लिने गरेको एक खच्चड व्यवसायीले बताए। ग्याँसको एक सिलिण्डरको ढुवानी खर्च पनि तीन हजार नै रहेछ।

हाम्रो टोलीमा एक जना कृषिमा स्नातकोत्तर गर्दै गरेका मित्र पनि थिए उनको भनाइमा स्थानीय होटल व्यवसायीले स्थानीय उत्पादनको प्रयोगमा ध्यान दिएको देखिएन। जस्तै: कतिपय ठाउँमा प्रशस्त सिस्नु थिए। उनको भनाइ अनुसार सिस्नुलाई दाल, तरकारी, सुपको रूपमा भरपुर उपयोग गर्न सकिन्छ र यो अरूभन्दा पौष्टिक पनि छ। तर व्यवसायीलाई स्थानीय उत्पादनको प्रयोग गर्ने भन्दा बोरामा आएको अन्नलाई प्रयोग गर्न सजिलो छ।

क्यान्जिङ गुम्बा पुगेपछि प्रवेशमार्गमै फोहरको थुप्रो देख्दा काठमाडौंका चोक-चोकमा देखिने फोहरको थुप्रोको झल्को आयो। घर पनि कति ठूला-ठूला।

धेरैजसो घरहरू आरसिसी ढलान गरेर बनाइएका घरहरू। म बसेको होटल चार आना जग्गामा बनाएको रहेछ जसमा चार तलाको घर बनाउँदा तीन करोड खर्च भएको होटलका साहुले बताए।

उनले भने अनुसार अब त क्यान्जिङ पनि भक्तपुरजस्तो भइसक्यो जतासुकै घरैघर। हुन पनि क्यान्जिङमा गुजमुज्ज ठूला-ठूला कंक्रिटका घरहरूले ढाकिएको छ, बाटो पनि सहरको भित्री गल्लीमा जस्तो सानो।

समुन्द्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको सधैंजसो चिसो मौसम हुने क्यान्जिङमा ढलान घर बनाउन प्रयोग हुने सामान हेलिकप्टरबाट लगिने रहेछ, जसमा प्रयोग हुने सिमेन्टको मूल्य बोराको चार हजार पाँच सयसम्म पर्ने स्थानीयले बताए।

घर बनाउन कुनै मापदण्ड नभएको, सक्नेले सके जति उचाइ र क्षेत्रफलको बनाउने गरेको र बनिसकेका घरहरूले पनि क्रमै सँग तला थप्दै लाने गरेको स्थानीयले बताए।

सधैंभरि चिसो मौसम रहने यो पर्यटकीय क्षेत्रमा ढलान घर बनाउने इच्छा कहाँबाट पलायो होला ? त्यसै त चिसो त्यसमाथि सिमेन्ट र दण्डीको प्रयोग गरेर बनाएको ढलान घर। न त यो सस्तो प्रविधि न त यो वातावरणमैत्री।

घर ढलानको भए पनि घरको भित्री भागमा काठ तथा प्लाइउड प्रयोग गरेको पाइयो। फोहर यत्रतत्र फालिएको देख्दा फोहर
व्यवस्थापनमा कसैको ध्यान नगएको स्पष्ट देखिन्छ।

यात्राको सुरूदेखि अन्त्यसम्म लाङटाङ नदी बगेको छ। विद्युत विस्तारको लागि पोल गाडिएको छ तर कतिपय ठाउँमा विद्युतको पोलबाट करिब पाँच सय मिटरको दूरीका घरमा पनि विद्युत वितरण नभएको र सोलारको भरमा बसेको पनि देखियो।

पदयात्राको क्रममा बाढीका कारण क्षति भएका झोलुंगे पुलको मर्मत नगरिएको र रेलिङ नै नभएको पुलबाट भगवान भरोसाको भरमा पार गर्नुपर्‍यो।

पदयात्राको क्रममा लाङटाङ पदमार्गमा पर्ने ठाउँ दुर्गम भए पनि अति विकट भने लागेन। तर होटलको मेनु हेर्दा भने अर्कै लोकमा पुगेको आभास दिलाउँथ्यो।

सामान्य नेपाली खानाको मूल्य त ठिकै हो तर यस बाहेकका अन्य खानाको मूल्य अचाक्ली छ। व्यापारीले लगेर प्रति क्यारेट सात सयमा बेच्ने अण्डाको मूल्य प्रति गोटा मेनुमा एक सय पचास लेखिएको छ।

स्याफ्रुबेंसीमा बसेको होटलमा चिकेन मःमको मूल्य प्रति प्लेट चार सय पचास लेखिएको छ।

हुन सक्छ यो मूल्य पर्यटक लक्षित होला तथापि यो मूल्य लागत मूल्यभन्दा अधिक हो।

यात्राको आनन्द प्राकृतिक सौन्दर्यता, जैविक विविधता, विविध भोगाइ त आफ्नै ठाउँमा छ। तर कतिपय अस्वभाविक जस्ता लाग्ने विषयले भने अनेक प्रश्न गर्ने ठाउँ रहने रहेछ। क्यान्जिङ जस्तो पर्यटकीय ठाउँको भौतिक पूर्वाधार बनाउने कुरामा किन राज्य, स्थानीय निकायको ध्यान नगएको होला ?

अहिलेदेखि नै फोहर थुप्रिएको ठाउँमा दस वर्षपछि झन् कस्तो होला ? दुर्गमको नाममा सामानको मूल्य जति पनि लिन पाइने हो ? यसमा किन कसैको ध्यान नगएको होला ? कञ्चन पानी बगेको ठाउँमा मिनरल वाटरको बोतल किन लानु परेको होला ? बर्सेनि हजारौं पदयात्री हिँड्ने पुलको रेलिङ भत्किँदा पनि कसैको ध्यान किन नगएको होला ?

जहाँ पनि सडक विस्तारको कामले पदमार्ग कम हुँदै गएको छ। सडक विस्तारसँगै पदमार्गको दूरी छोटिने निश्चित छ। लाडटाङ पदमार्ग पनि यसबाट ग्रसित छ।

सबभन्दा नमिलेको कुरा जहाँ पदमार्ग छ त्यसैलाई विस्तार गरेर मोटरको लागि सडक बनाउँदै लगिएको छ। यसले पदयात्रीलाई मात्र असर गरेको छैन पर्यावरण पनि नाश भएको छ।

यदि मोटरको लागि सडक बनाउने हो भने पदमार्गलाई छोडेर छुट्टै सडक बनाइनु पर्दथ्यो। जसले गर्दा पर्यटनको सम्भावना सधैं रहन सक्थ्यो।

पर्यटकीय पदमार्गमा जहाँ जे उत्पादन हुन्छ त्यसको उत्पादनमा पर्याप्त ध्यान दिएर स्थानीय उत्पादनको प्रयोग गर्न आवश्यक छ।

पर्यटकीय क्षेत्रमा भइरहेको अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, फोहर व्यवस्थापन, बाटो पुलको मर्मत सम्भार, बजार मूल्यको नियन्त्रण गर्न बेलैमा सरोकारवालाहरूले ध्यान दिने कि ?

 

 

]]>
चरालाई मद्दत गर्न मन छ? यसरी गर्नुहोस् https://www.setopati.com/blog/242944 242944 2021-07-13 02:15:00 अनुज घिमिरे त्यो सानो ब्यान्डका मसिना नम्बर पढ्दै गर्दा मेरो फोनमा मेसेज आयो। मेसेज पढेर म टोलाएँ। छेउमा भएकी साथीले म टोलाएको देखेर सोधिन्, 'के भयो?'
चरालाई मद्दत गर्न मन छ? यसरी गर्नुहोस्

झण्डै महिनादिन अघिको कुरा हो, निद्रैमा उठेर काममा पुगिसकेको थिएँ।

कफीको चुस्की लिँदै भँगेराका गुँड चहार्ने मेरो काम। हाम्रो अध्ययनमा पर्ने करिब १३० वटा जति गुँड छन्। तिनमा जुन महिनाको मध्यतिर चल्लाहरू धेरै हुन्छन्। 

म चरालाई ब्यान्ड लगाउन लाग्दै थिएँ। अध्ययन क्रममा चरा चिन्न सजिलो होस् भनेर उनीहरूको खुट्टामा ब्यान्ड लगाइन्छ। यसलाई 'रिनिङ' पनि भनिन्छ।

त्यो सानो ब्यान्डका मसिना नम्बर पढ्दै गर्दा मेरो फोनमा मेसेज आयो।

मेसेज पढेर म टोलाएँ। छेउमा भएकी साथीले म टोलाएको देखेर सोधिन्, 'के भयो?'

अनौठो मेसेज आयो, त्यो पनि नचिनेको नम्बरबाट।

'के मेसेज हो त्यस्तो? सोध्न मिल्छ भने?'

मेसेजले त मात्र 'डु यु वान्ट सम स्प्यारो चिक्स' (चल्ला) भनेको छ।

'ह्वाट? हाहा!' 

नम्बर कसको हो थाहा छैन। झन् अचम्म!

मैले को रहेछ भनेर ट्रुकलरमा नम्बर खोज्न मात्र लागेको थिएँ, उताबाट म यो हो है भनेर मेसेज आयो।

कुरा के रहेछ भने, मेरो एक साथीको साथीले उसको घरमा रहेको एउटा भँगेराको गुँड घर सफा गर्ने बेला नजानेर खसालेछ। पोथीले गुँड खसेको देखेपछि छाडेर गइछ। अब के गर्ने भन्ने पत्तो नभएपछि मलाई सोध्न मेसेज गरेका रहेछन्।

मैले भँगेराको अध्ययन-काम गर्ने भएकाले सक्दो सुझाव दिएँ।

यसको केही दिनपछि ट्वीटरमा एक जना दाइले मेसेज गर्नुभयो। उहाँको घरमा त्यसरी नै एउटा तोपचराको गुँड खसेछ। केही गर्न सकिन्छ कि भनेर सोध्नुभयो।

मलाई चराबारे सोध्ने यी दुई जना मात्र होइनन्। बेलाबेखत अरूहरूले पनि चरा र गुँड कसरी जोगाउने भनेर सोधिरहन्छन्। अहिले झन् चराहरूको प्रजनन मौसम। हरेक साल यो समयमा यस्ता मेसेज आइरहेका हुन्छन्। 

नेपाली समाजमा चराको अन्डा वा चल्ला छुन हुँदैन, छोइदिए माउले छाडेर जान्छ भनिन्छ। मैले पनि सानोमा धेरैपटक यही सुनेको थिएँ। जब म चराबारे पढ्न थालेँ, अझ चरामै काम गर्न थालेँ, बल्ल थाहा भयो, त्यो एउटा भनाइ मात्र रहेछ। त्यो तथ्यमा आधारित होइन।

धेरैजसो चराले गुँडबाट झरेको अवस्थामा चल्ला-अन्डा बोकेर पहिल्यैको ठाउँमा राख्न सक्दैनन्। सायद त्यसैले छोडेर जान्छन्। त्यही देखेर मान्छेले चल्ला वा अन्डा छोए चरा भाग्छन् भन्ने अनुमान गरे। अन्डा चलाउँदा फुट्ने, चल्लालाई असुरक्षा हुने भएकाले पनि भनिएको होला कि!

जे भए पनि अन्डा-चल्ला छुनै हुँदैन भन्नु चाहिँ सही होइन। चरामा काम गर्ने, अझ चल्लामै काम गर्ने अध्येताले हरेक दिन चल्ला छोइरहेका हुन्छन्। चल्लाको तौल वा आकार नाप्नुपर्ने हुन्छ। उनीहरूले हरेक दिन चलाउँछन्। अर्काले छोएका अन्डा वा चल्ला माउले छाडेर जाने भए त उनीहरूबारे अध्ययन गर्नै गाह्रो हुन्थ्यो।

हामी धेरैजसो मानिस चरा र चल्ला देखेर भावुक बन्छौं। तर धेरैलाई तिनको रक्षा गर्नै आउँदैन। हामीले कसरी चरा, तिनका गुँड, अन्डा र चल्लाको सुरक्षा गर्न सक्छौं भनेरै मैले यो लेख लेखेको हुँ।

तपाईंले कतै चल्ला अलपत्र परेको देख्नुभयो भने के गर्न सक्नुहुन्छ त? 

एकैछिन त्यो चल्ला वरिपरि कतै गुँड छ कि भनेर खोज्नुहोला। तपाईं पुग्न सक्ने ठाउँमा रहेछ भने चल्लालाई हातले विस्तारै छोपेर उसकै गुँडमा छाडिदिनुहोस्। 

कतिपयलाई भावुक भएर चल्ला घर लैजाऊँ भन्ने लाग्ला। तर नलैजानुहोस्। सबभन्दा उपयुक्त भनेको माउलाई नै चल्ला हुर्काउन दिनु हो।

चल्लाबाट उड्न सक्ने चरा हुन धेरै दिनको फरक हुँदैन। आठ दिनको फरकमा त्यो चल्लामा धेरै फेरबदल आउँछ। जसका लागि उसका आमाबाले दिनभरिजसो खुवाएर बस्नुपर्छ। कम्तीमा पनि हरेक घन्टा उनीहरूलाई खुवाउनु पर्छ, त्यो पनि कीरा-फट्यांग्रा मात्रै।

त्यति सानो चल्लालाई पनि कीरा-फट्यांग्रा नै चाहिन्छ। धेरैजसो चराले अरू अन्न-बिउ खुवाउँदैनन्। कीरा मात्र खुवाउँछन्। त्यो उसको अभिभावकले बाहेक अरूले गर्न सक्दैन। दुई/तीन दिनका चल्लालाई कीरा-फट्यांग्रा खोजेर घन्टैपिच्छे खुवाउन पर्ने भएकाले हामीबाट त्यो लगभग असम्भव हुन्छ। त्यसैले सबभन्दा राम्रो काम सकेसम्म गुँडमै चरा फिर्ता राखिदिने हो। 

यदि केही पखेटा आइसकेको चरा भेट्नुभयो भने?

त्यसलाई चाँहि नियमित रूपमा अलि ठूला केही कीरा खुवाएर जीवित राख्न सकिन्छ।

ठूलै चरा अलपत्र वा घाइते भेटियो भने के गर्ने? 

धेरै जसो माइग्रेसनका बेलामा चराहरू थाकेर वा कुनै भवनमा ठोक्किएर खसेको पाइन्छ। त्यस्तो चरा भेट्दा पहिलो विकल्प नजिकैको चरा वा जनावर पुनर्स्थापना केन्द्र छ भने त्यता लैजानु हो।

त्यस्तो केही नभए चरालाई एउटा कागजको बाकसमा हालेर कतै तातो ठाउँमा राख्नुहोला। चरालाई बोकेर बाकसमा हाल्दाबाहेक धेरै नचलाउनू। सुरक्षित ठाउँमा राखेपछि सानो टोकरीमा चिनीपानी हालेर नजिकै राखिदिनू। बक्सालाई माथिबाट पातलो कपडाले छोपिदिनू। यति गरेपछि त्यो चरा धेरै आत्तिँदैन। थाकेर वा भित्ता वा झ्यालमा ठोक्किएर झरेको रहेछ भने पछि उड्न सक्छ। 

पखेटा भाँचिएका रहेछन् भने पुनर्स्थापना केन्द्र नै लैजानुपर्ने हुन्छ। त्यहाँ पुर्‍याउन नसक्दासम्म त्यही बाकसमा राख्न सकिन्छ।

कहिलेकाहीँ हावा वा केही कुराले गुँड खसालिदिएको हुन्छ। वरपरि हेर्नुभयो भने त्यो गुँड कहाँ थियो भनेर केही चिह्न भेटिन सक्छ। त्यो ठाउँमा गुँड लगेर नझर्ने गरी राखिदिँदा हुन्छ।

अनि कतै गुँड खस्नै लागेको देख्नुभयो भने त्यसलाई मिलाएर टेको लगाएर अड्याइदिन सकिन्छ।

मैले चराबारे अध्ययन गर्छु भन्नेबित्तिकै चराबारे अनेक प्रश्न मलाई सोधिएको अनुभव छ। कतिले आफ्नो घर वरिपरि आउने चराबारे त कतिले अरू चराबारे सोध्छन्।

तीमध्ये यस्तै अलपत्र परेका चरा, गुँड वा अरू चरालाई पनि कसरी सहयोग गर्ने भनेर सोध्ने धेरै छन्। चराबारे पढ्नेहरू त धेरैजसो चराप्रेमी नै हुन्छन्। तर अरू मानिसलाई पनि चरा मन पर्छ। कतिलाई आफ्नो घर वरिपरि वा घरमै आएर चरा बसिदेओस् भन्ने पनि लाग्छ। नेपाली समाजमा गौंथली वा यस्तै चराले आफ्नो घरमा गुँड बनायो भने फलिफाप हुन्छ भन्ने चलनै छ।

तपाईंहरूलाई थाहै होला, चराका गुँड एकै प्रकारको हुँदैन। प्रत्येकको डिजाइन तिनीहरू आफैं गर्छन्। कतिपयलाई गुँड बनाउन सजिलो ठाउँ चाहिन्छ। जस्तो रूखको प्वाल, घरको कुना वा बाकस।

मानिसको घर वरिपरि आउने, त्यहीँ बस्न रूचाउने चराका लागि घरमै गुँड बनाइदिने हो भने तिनीहरूलाई सजिलो हुन्छ। गाउँघरमा परेवाका लागि काठको बाकस बनाएर राखिदिने चलन छ। म बस्ने घरमा एउटा प्वाल भएको ठाउँमा उल्लूका लागि काठको सानो गुँड बनाइदिएका छौं। यता मैले अध्ययन गर्ने ठाउँमा भँगेराका लागि त्यस्तै खालका बाकस बनाइएका छन्। 

कस्तो चराका लागि कति नापको कस्तो गुँड बनाइदिने भनेर गुगलतिर खोज्ने हो भने पनि भेटिन्छ।

चरालाई हामीले अरू सहयोग पनि गर्न सक्छौं। तिनीहरू आउने ठाउँसम्म अन्न/खानेकुरा राखिदिन सक्छौं। कतिपय मरेका कीरा पनि सम्हालेर चरा आउने ठाउँमा फ्यालिदिए हुन्छ। गर्मीमा घरको छत, कौसी वा आँगनमा पानीको भाँडा राखिदिनुभयो भने निकै मद्दत हुन्छ। 

मान्छेको वृद्धि र विकासले चराको जनसंख्यामा असर पक्कै पारिरहेको छ। तर हामीले थोरै ख्याल गर्‍यौं भने तिनको संरक्षण गर्न सक्छौं। हामीलाई सिधै थाहा हुँदैन तर यिनीहरू हाम्रो पर्यावरण राम्रो बनाउन काम गरिरहेका हुन्छन्। 

अन्तिममा एउटा कुरा मलाई भन्न मन लाग्यो। अचेल भँगेरा हराउँदै गएका छन् भनेर कति मानिसले ट्वीटरतिर चर्चा गरेको देख्छु। म सानो छँदा घरको भित्तामा इँटा निस्केको प्वालमा टन्नै भँगेरा बसेको याद आउँछ। आजकल किन हराए भन्ने कुरा पनि त्यसैसँग जोडिएको छ।

भँगेराहरू 'क्याभिटी नेस्टर्स' हुन्। अर्थात् तिनीहरू पहिल्यै भएका वा बनेका प्वाल वा केही बाकसमा गुँड बसाउँछन्। समयअनुसार हाम्रा घरका बनावट र संरचना बदलिँदै गए। घरमा प्वालहरू हराउँदै गए। त्यसैले भँगेरा पनि हराउँदै गएका हुन्।

घरमा मान्छे धेरै नजिकै नपर्ने ठाउँमा स-सानो बक्सा बनाइदिने हो भने भँगेराहरू पक्कै फर्केर आउनेछन्!

लेखक अनुज घिमिरे

(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)

ट्वीटरः @mrophiophagus

(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)

]]>
प्रचण्ड-नेपाल समूहको विरोध सभाअघि मार्चपास (तस्बिरहरू) https://www.setopati.com/politics/228886 228886 2021-02-09 05:28:00 निशा भण्डारी नेकपा प्रचण्ड-नेपालले बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन्।
प्रचण्ड-नेपाल समूहको विरोध सभाअघि मार्चपास (तस्बिरहरू)

नेकपा प्रचण्ड-नेपालले बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन्।

बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्।

प्रदर्शनीमार्गस्थित वाल्मिकि क्याम्पसबाट सुरू हुने स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार- पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै वाल्मिकिमै आएर सकिने बताइएको छ।

उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

नेकपाको केन्द्रीय संघर्ष समितिले काठमाडौंमा प्रदर्शनसहित सभा गर्न लागेको हो।

प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न प्रदर्शन गर्न लागिएको प्रचण्ड-नेपालले बताएका छन्।

तस्बिरहरू :

]]>
ओली समूहको आमसभामा जे देखियो (तस्बिरहरू) https://www.setopati.com/politics/228514 228514 2021-02-05 08:54:00 निशा भण्डारी शीर्ष नेताले सम्बोधन गरिरहेका बेला बाहिर भने फरक दृश्य देखियो। कोही कार्यकर्ता प्रधानमन्त्रीको पोस्टरसँगै सेल्फी खिचाउन व्यस्त थिए तर कोही बदाम र चटपटे खाइरहेका थिए। कोही भने नाचगानमा व्यस्त थिए। 
ओली समूहको आमसभामा जे देखियो (तस्बिरहरू)

केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आमसभा गर्‍यो। 

शुक्रबार दरबारमार्गस्थित नारायणहिटीमा भएको आमसभालाई प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गरेका थिए।

ओली मञ्चमा चढ्दा 'राजनेता केपी ओ‌ली: जिन्दावाद, राष्ट्रनायक केपी ओली: जिन्दावाद' नारा लगाइएको थियो। उनी मञ्चमा पुगेपछि राष्ट्रिय गान बजाइएको थियो।

त्यसपछि केपी ओलीको तस्बिर र सूर्य चिन्ह अंकित निलो बेलुन उडाएर कार्यक्रम अघि बढाइएको थियो।  बेलुनमा राष्ट्रिय झन्डा पनि झुन्ड्याइएको थियो।

सडक अवरूद्ध गरेर नेकपाले आमसभा आयोजना गरेको थियो। सभा हुनुभन्दा अगाडि विभिन्‍न स्थानबाट जुलुस निकालिएको थियो। ती जुलुस नारायणहिटीमा गएर एकीकृत भएको थियो।

शीर्ष नेताले सम्बोधन गरिरहेका बेला बाहिर भने फरक दृश्य देखियो। कोही कार्यकर्ता प्रधानमन्त्रीको पोस्टरसँगै सेल्फी खिचाउन व्यस्त थिए तर कोही बदाम र चटपटे खाइरहेका थिए। कोही भने नाचगानमा व्यस्त थिए। 

तस्बिरहरू: 

]]>
काठमाडौंबाट पाँचखाल पुगे सेनाका बख्तरबन्द गाडी (तस्बिरहरू) https://www.setopati.com/social/228235 228235 2021-02-02 23:22:19 नारायण महर्जन १० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडी काठमाडौंबाट बनेपा लगेको हो। सेनाले यसलाई सेनाले मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ।
काठमाडौंबाट पाँचखाल पुगे सेनाका बख्तरबन्द गाडी (तस्बिरहरू)

नेपाली सेनाका बख्तरबन्द गाडी बुधबार बिहान काठमाडौंबाट काभ्रेको पाँचखाल पुगेका छन्। 

१० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडी काठमाडौंबाट बनेपा लगेको हो। सेनाले यसलाई सेनाले मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ।

यसअघि सोमबार राति सेनाका बख्तरबन्द गाडी राजधानीको चक्रपथमा घुमेका थिए। 

जंगीअड्डाले यसअघिनै जानकारी दिएर बख्तरबन्द गाडी सडकमा निकालेको हो। दिउँसोको समयमा ट्राफिक जाम हुने भएपछि सेनाले आफ्ना बख्तबरन्द रातिको समयमा सडकमा निकालेको हो।

हेर्नुस् तस्बिरहरू

]]>
अन्तिम चार बलमा एपिएफको तीन विकेट लिँदै आर्मी प्रधानमन्त्री कप च्याम्पियन https://www.setopati.com/sports/cricket/227936 227936 2021-01-30 06:00:00 सेतोपाटी संवाददाता रोमाञ्चक खेलमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो।
अन्तिम चार बलमा एपिएफको तीन विकेट लिँदै आर्मी प्रधानमन्त्री कप च्याम्पियन

रोमाञ्चक खेलमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो।

आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भयो। आर्मीले अन्तिम चार बलमा एपिएफको तीन विकेट लिँदै खेल आफ्नो पक्षमा पर्‍यो। 

४१.२ ओभरमा सहाब अलामबाट कमलसिंह ऐरी २ रनमा बोल्ड भए। लगत्तै अर्को बलमा अभिनास बोहरा एलबिडब्लूको धरापमा परे। अघिल्लो ओभरको अन्तिम बलमा अमरसिंह रउटेला १ रनमा आउट भएका थिए। 

आर्मीका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे। ओपनिङ ब्याट्सम्यान आसिफले ७१ बलमा ८ चौका र १ छक्काको मदतमा ६१ रन जोडे। 

अर्का ओपनर सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर डकआउट भएका थिए।

शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बटुले भने भुवन कार्की ९ रनमा आउट भए। सन्दीप जोरा २९ रनमा आउट भएपछि खेल आर्मीको पक्षमा गएको थियो। 

बलिङमा आर्मीका विक्रम शोव, जितेन्द्र मुखिया र सहाब अलामले ३-३ विकेट लिए। १ विकेट सुशन भारीको नाममा रह्यो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रन जोड्यो।

आर्मीका लागि हरिबहादुर चौहानले अर्धशतक प्रहार गरे।  लामो इनिङ्ग्स खेलेका उनले ५८ रनको योगदान गरे। उनले १०२ बलमा ६ चौका प्रहार गरे।

आर्मीका लागि ओपनिङ गरेका सुशन भारीले ३४ बल खेलेर १३ रन जोडे भने अनिल मण्डलले २१ बलमा ११ रन बटुले।

भीम सार्की ७ रनमा आउट भएका थिए भने रोहित पौडेलले ३० बलमा १३ रन मात्र जोड्न सके। कप्तान विनोद भण्डारीले एपिएफका कमलसिंह ऐरीबाट एलबिडब्लूको धरापमा पर्नुअघि १६ बलमा ७ रन मात्र जोड्न सके।

राजेश पुलामी मगरले जोडेको २८ रन पनि आर्मीको लागि महत्वपूर्ण सावित भयो। किशोर महतोको बलमा आउट हुनुअघि उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

लोकेश बमले ९ बलमा २ छक्कासहित १५ रन प्रहार गरे। विक्रम शोव ११ रनमा आउट भए। सहाव अलामले अन्तिममा आक्रमक ब्याटिङ गर्दै नटआउट २१ रन जोडे। उनले १४ बलमा २ चौका र १ छक्कासहित नटआउट २५ रन जोडे।

बलिङमा एपिएफका अभिनास बोहराले सबैभन्दा बढि ४ विकेट लिए।

उनले १० ओभरमा २ मेडन राख्दा २५ रन मात्र खर्चिए। किशोर महतोले २ विकेट हात पारे। उनले १० ओभरमा ५३ रन खर्चिए।

कमलसिंह ऐरी, भुवन कार्की र कप्तान शरद भेषवाकरले १-१ विकेट हात पारे।

सबै तस्बिर : निशा भण्डारी

]]>
यो साताका क्लिक (तस्बिरहरू) https://www.setopati.com/social/227904 227904 2021-01-29 22:00:00 सेतोपाटी फोटो टिम आजको शृंखलामा माघ १० देखि  माघ १६ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।
यो साताका क्लिक (तस्बिरहरू)

सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।

आजको शृंखलामा माघ १० देखि  माघ १६ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।

मंगलबार बिहान काठमाडौंमा सूर्यदयसँगै आफ्नो गन्तब्य तिर जाँदै एक बटुवा। तस्बिरः नारायण महर्जन/सेतोपाटी
भैरहवाको एक मोटर ग्यारेजमा टिप्पर मर्मत गर्दै एक मजदुर। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
घर निर्माणका लागि रड बुन्दै दाङका एक बृद्ध मजदुर। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलअघि ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थित आर्मी र एपिएफका कप्तान। तस्बिरः निशा भण्डारी/सेतोपाटी
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राम सिद्धार्थपथकी सावित्रा भण्डारी कौशीमा लगाएको तरकारीमा पानी हाल्दै, सावित्राले घरको छतमा साढे चारसय बढी गमला तथा प्लाष्टिकका थैलामा तरकारी तथा फुलका विरुवा लगाएकी छन्। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
भक्तपुरको पोट्री स्क्वावायरमा माटोको पैसा राख्ने खुत्रुके बनाउँदै एक महिला। तस्बिरः नारायण महर्जन/सेतोपाटी
मानव निर्मित लुम्बिनी परिसरको ताल। सुख्खा मौसममा भीडभाड देखिने यो तालमा चिसो मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल शून्य छ। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ सिमानगरमा खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लागि राखिएको प्लाष्टिकका पाईपमा आगो लाग्दा निस्किएको धुँवाको मुस्लो। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
सुर्खेतको बुलबुले ताल । सरसफाइ नगर्दा ऐतिहासिक महत्व बोकेको यो ताल फोहरले पुरिन लागेको छ। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
काठमाडौंको साँखुमा एक महिने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधनामा बत्त बसेका महिलाहरु खाली खुटुटा पुजा गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
नेपाल संवतको आठौं शताब्दीदेखि सुरू भएका एक महिने माधवनारायण ब्रत एवं मेला बिहिबार बिहान हनुमानघाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधव नारायणको पूजा गरेपछि ब्रत सुरू हुदैं। तस्बिरः निशा भण्डारी/सेतोपाटी
भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा क्रम्मा गुजु पल्टन आएर सलामी दिदैं। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिगमनविरूद्ध आन्दोलनरत बृहत् नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेपछि एक युवाबाटोमा सुतेर बिरोध गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
माघ १२ गते दाङस्थित राप्ती नदीमा निर्मित पुल उद्घाटन पछि निरिक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः नारायण खड्का/सेतोपाटी
माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दाङमा उद्घाटन गरेको नेपालकै दोस्रो लामो पुल । राप्ती नदीमा निर्मित यो पुलले राप्ती र गढवा गाउँपालिकालाई जोड्ने गर्छ। तस्बिरः नारायण खड्का/सेतोपाटी
प्रतिगमनविरूद्ध आन्दोलनरत बृहत् नागरिक आन्दोलनमा आँखामा कालो पट्टी बाँधेर बिरोध जुलुसमा सहभागी एक युवती। तस्बिरः नारायण महर्जन/सेतोपाटी
बिहिबारदेखि साँखुस्थित शाली नदिमा लाग्ने एक महिने स्वस्थानी ब्रतमा सहभागी हुनका लागि पिसिआर परीक्षण गराउँदै ब्रतालु। तस्बिरः नारायण महर्जन/सेतोपाटी
विश्वकै दोस्रो अग्लो पाकिस्तानमा रहेको माउन्ट केटु हिमाल सफलतापूर्वक आरोहण गरेर स्वदेश फर्किएपछि भब्य स्वागतपछि हात हलाउँदैं नेपाली आरोहण टोली। तस्बिरः नारायण महर्जन/सेतोपाटी
पाटन आस्पतालमा स्वास्थकर्मीद्वारा कोभिड १९ विरुद्धको खोप इन्जेक्सनमा हालेर तयारी गर्दै। तस्बिरः निशा भण्डारी/सेतोपाटी
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल कोरोना विरुद्धको खोप लगाउँदै, अस्पतालका अरु चिकित्सक तथा स्वास्थ्यकर्मीले खोप लगाउन हिच्किचाएपछि डा. खनाल आफैले खोप लगाएर शुरुवात गरेका थिए। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको पहिलो खोप लगाउँदै टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
पाटन अस्पतालमा बुधबारबाट सुरु गरिएको कोभिड १९ विरुद्धको खोप लगाउने क्रममा एक स्वस्थाकर्मीको प्रतिक्रिया। तस्बिरः निशा भण्डारी/सेतोपाटी
]]>
चाँगुको कलश हिँडेर हनुमानढोका ल्याइयो, माटोको भाँडा फुटाएर स्वागत (तस्बिरहरू) https://www.setopati.com/social/227790 227790 2021-01-28 11:13:00 नारायण महर्जन बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ। शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका साथ पौष शुक्ल पूर्णिमाका दिन चाँगुको कलशलाई हनुमान ढोकामा ल्याएर दर्शन गराउने चलन मध्यकालभन्दा अघिदेखि नै चलेको हो।
चाँगुको कलश हिँडेर हनुमानढोका ल्याइयो, माटोको भाँडा फुटाएर स्वागत (तस्बिरहरू)

बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ। शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका साथ पौष शुक्ल पूर्णिमाका दिन चाँगुको कलशलाई हनुमान ढोकामा ल्याएर दर्शन गराउने चलन मध्यकालभन्दा अघिदेखि नै चलेको हो।

कलश चाँगुनारायणबाट हनुमानढोकासम्म हिँडेर ल्याउने चलन छ।  चाँगुबाट बिहान सुरु भएको कलशयात्रा डाँछी, गोकर्ण, जोरपाटी, चाबहिल, ज्ञानेश्वर, नक्साल हुँदै रानीपोखरी छेउमा रहेको एउटा पाटीमा राख्ने चलन छ। सो पाटीबाट बडागुरुज्यू सहितको पल्टनले बढाइँका साथ असन इन्द्रचोक हुँदै हनुमानढोका लैजाने चलन रहेको छ।

त्यसपछि हनुमानढोकामा जीवित देवी कुमारीलाई साक्षी राखेर पुजा गरेपछि राष्ट्रपति भवनमा लैजान परम्परा छ।

राष्ट्रप्रमुखलाई दर्शन गराएर सोही दिन चाँगु नारायण लैजाने परम्परा छ। मल्लकालदेखि शाहकालसम्म भने कलश राजदरबारमा लगिन्थ्यो। कलशको पुजापछि हनुमानढोकास्थित त्रिशुल चोकमा धुनी बालिन्छ। धार्मिक मान्यता अनुसार हनुमान ढोकामा बालेको धुनीलाई चाँगुनारायणवासीले देख्छन् र कलश हनुमानढोका पुगेको ठान्छन् भन्ने मान्यता छ।

धुनी बालेपछि गर्मीयाम सुरु हुन्छ भन्ने धार्मिक मान्यता छ।

यो जात्रा पहिले उपत्यकाका विभिन्न ठाउँमा हुन्थ्यो। तर साढे तीनदशकदेखि लोप हुँदै गएको छ। चाँगु डाँडाबाट चाँगुनारायणसहित लक्ष्मी र सरस्वती यात्रामा निस्कँदा सूर्यविनायक, ठिमी, कोटेश्वर, तिनकुने, नयाँ बानेश्वर, जमल, असन, बालकुमारी, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकामा माटोको भाँडा फुटाउने चलन थियो। अहिले यो चलन हनुमानढोकामा मात्रै बाँकी छ।

]]>
पहिलो पटक कोरोना खोप लगाउँदा... (तस्बिरहरू) https://www.setopati.com/social/227637 227637 2021-01-27 02:40:00 नारायण महर्जन र निशा भण्डारी विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसविरूद्ध नेपालमा पनि खोप लगाउन सुरू गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालबाट खोप अभियान सुरू गरेका छन्। 
पहिलो पटक कोरोना खोप लगाउँदा... (तस्बिरहरू)

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसविरूद्ध नेपालमा पनि खोप लगाउन सुरू गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालबाट खोप अभियान सुरू गरेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आज देशका १२ हजार जनालाई कोरोनाविरूद्ध खोप लगाइने बताएका छन्।

आज कोरोनाविरूद्ध खोप अभियान सुरूवात गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतलाई खोप लगाउने बताए।

देशका विभिन्न १२० खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाइने मन्त्री त्रिपाठीको भनाइ छ।

भारत सरकारले दश लाख डोज कोरोना खोप अनुदानमा दिएको छ। सरकारले पहिलो चरणमा चार लाख जनालाई खोप लगाउने बताएको छ। पहिलो चरणको खोप कार्यक्रम अबका १० दिनमा सकिन्छ।

हेर्नुहोस् थप फोटोहरू

]]>
माइतीघरमा प्रतिगमनविरूद्ध नारा - नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ (तस्बिरहरू) https://www.setopati.com/politics/227313 227313 2021-01-23 02:28:00 निशा भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा संसद विघटन गरेपछि नागरिक अगुवाहरूको नेतृत्वमा प्रदर्शन गरिएको हो।
माइतीघरमा प्रतिगमनविरूद्ध नारा - नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ (तस्बिरहरू)

प्रतिगमनविरूद्ध बृहत् नागरिक आन्दोलन २०७७ तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघर मण्डलामा शनिबार धर्ना तथा प्रदर्शन गरेको छ।

नागरिक अगुवाहरूको अगुवाइमा माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा संसद विघटन गरेपछि नागरिक अगुवाहरूको नेतृत्वमा प्रदर्शन गरिएको हो।

मध्याह्न १२ देखि १ बजेसम्म धर्ना र प्रदर्शन भएको थियो। नागरिक अगुवाहरूले एक घन्टा प्रदर्शनपछि कोणसभा गरेका थिए। कोणसभामा बागमती सफाइ अभियन्ता राम शाह, अभियन्ता कर्म तामाङ र बृहत् नागरिक आन्दोलनका संयोजक युग पाठकले सम्बोधन गरेका थिए।

प्रदर्शनमा संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न लगायतका प्ले कार्ड देखाइएको थियो।

नागरिक अगुवाहरू सडकमा बसेरै प्रदर्शनमा सहभागी भएका थिए।

प्रतिगमनविरूद्ध बृहत् नागरिक आन्दोलनले सोमबार २ बजे कमलपोखरीबाट जुलुस निकादैछ। सो जुलुस बालुवाटर पुग्ने छ।

हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध सभा गर्ने निर्णय भएको छ।

तस्बिरहरू :

]]>
यो साताका क्लिक (तस्बिरहरू) https://www.setopati.com/social/227296 227296 2021-01-22 12:58:00 सेतोपाटी फोटो टिम आजको शृंखलामा माघ ३ देखि  माघ ९ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।
यो साताका क्लिक (तस्बिरहरू)

हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।

आजको शृंखलामा माघ ३ देखि  माघ ९ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना भाइरस विरूद्धको भ्याक्सिन जहाजबाट निकालेर लैजाँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
भक्तपुरमा प्रत्येक वर्ष मनाउने नवदुर्गा नाचअन्तर्गत माछा मार्ने अर्थात युवालाई लखेटी समात्ने कला प्रदर्शन गर्दे एक देवगण। तस्बिरः नारायण महर्जन
काठमाडौंको जन बहाःमा सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरुहरुबाट बिहिबार ‘न्हवं’ अथात् महास्नान अवलोकनको लागि कुमारी ल्याउदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
काठमाडौंको जन बहाःमा सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरुहरुबाट बिहिबार ‘न्हवं’ अथात् महास्नान गराउँदैं। तस्बिरः नारायण महर्जन/सेतोपाटी
धनगढी उपमहानगरपालिका वडा नम्वर १५ खुटिया नदिमा स्थानीयले आवतजावत गर्न बनाएको काठेपुल। तस्बिर: सबिता बुढा/सेतोपाटी
दाङ तुलसीपुरस्थित कारागार शाखा भित्र काम गरिरहेका कैदी बन्दीहरु। तस्बिरः नारायण खड्का/सेतोपाटी
पुस माघको फुर्सदको समयमा थ्रेसर लगाएर धान निकाल्दै झापाका किसान । तस्बिरः विनोद सापकोटा/सेतोपाटी
भक्तपुरको हाइवेमा ट्राफिक बत्ती मर्मत गर्दै प्राविधिक। तस्बिरः नारायण महर्जन/सेतोपाटी
रुखमा बत्ति जडान गरेपछि झिलिमिली देखिएको सुर्खेतको न्युरोड । तस्बिरः दिपक शाही/सेतोपाटी
बर्दघाट दाउन्ने सडकखण्डमा जङ्गलबाट काटेको स्याउला ट्र्याक्टरमा लोड गरेर लैजादै महिलाहरु। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
आफैंले उत्पादन गरेको ममफली विक्रि गर्दै धनगढीकी पानमती राना। तस्बिर: सबिता बुढा/सेतोपाटी
निर्माणाधिन बुटवल नारायणगढ सडकखण्डको देवदह खैरेनिमा कल्भर्ट निर्माणका लागि सामग्री ओसार्दै मजदुरहरु। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
गत वर्ष कनकाई नदिको बाढी गाँउ पसेर डुवानमा परेपपछि शिवगञ्ज लगायतका २ हजार बस्ती जोगाउन यो वर्ष बेलैमा तटवन्ध गरिदै। जनताको तटवन्ध कार्यालय गैडे माईधारले शिवसताक्षी नगरपालिकाको समन्वयमा बाँध निर्माण गरिरहेको छ। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
काठमाडौं उपत्यका भित्रका विद्यालय खुलेपछि फेस माक्स र सिल्ड लगाएर आएको एक विधार्थी। कोरोना भाइरसका कारण गत चैतदेखि विद्यालयहरू बन्द थिए। तस्बिरः नारायण महर्जन/सेतोपाटी
बुटवल भैरहवा ६ लेन सडकखण्डको कालिकानगरमा मोटरसाईकल तथा स्कुटर चालकहरुलाई सडक लेन अनुशासनको प्रयोगबारे जानकारी गराउँदै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विक । तस्बिरः भगवती पाण्डे/सेतोपाटी
काठमाडौं महानगरपालिकाले कमल पोखरीमा रातारात डोजर चलाएको विरोध स्वरूप मंगलवार अभियन्ताको काठमाडौं महानगरपालिका धेरा कार्यक्रममा सहभागी पूर्व मिस नेपाल शृंखला खतिवडा। तस्बिरः निशा भण्डारी/सेतोपाटी
बिहान देखिएको हुस्सुले ढाकेको बुटवल। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी नियन्त्रणपश्चात अग्नि नियन्त्रक। तस्बिरः निशा भण्डारी/सेतोपाटी
कीर्तिपुरको चिलन्चो चैत्य परिसरमा बिहानको पूजा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन/सेतोपाटी
राष्ट्रिय महिला लिग फुटवलको पहिलो खेलमा दुई विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लव एक आपसमा भिडदै। तस्बिरः निशा भण्डारी/सेतोपाटी
पहिलो पटक नेपाली क्रिकेटको औपचारिक कार्यक्रममा सहभागी हुँदै नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि नयाँ प्रशिक्षक डेभ वाटमोर। तस्बिरः निशा भण्डारी/सेतोपाटी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड - माधव समूह) ले संसद विघटनको विरुद्ध विरोध जुलुसमा सहभागी हुन सर्लाहीबाट आएका महिलाहरु। तस्बिरः नारायण महर्जन/सेतोपाटी
खोकनाको खुदोलमा नेवा आन्दोलनलाई थप सशक्त बनाउन भन्दै आयोजना गरिएको नेवा एकता दिवस कार्यक्रममा सहभागी हुन जानेको लर्को। तस्बिरः निशा भण्डारी/सेतोपाटी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड - माधव समूह)ले संसद विघटनको विरुद्ध विरोध जुलुसमा भाषण गर्दै पुष्पकमल दाहाल प्रचण्ड। तस्बिरः नारायण महर्जन/सेतोपाटी
]]>
तस्बिरमा हेर्नुस्, प्रचण्ड–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन https://www.setopati.com/politics/227255 227255 2021-01-22 04:21:00 नारायण महर्जन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका छन्। 
तस्बिरमा हेर्नुस्, प्रचण्ड–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका छन्। 

स्थायी कमिटी सदस्यहरूले र्‍यालीको नेतृत्व गरेका छन्। 

पार्टी नेता, कार्यकर्ता, जनवर्गीय संगठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मूल सडकमा आयोजना गरिएको विरोध सभामा परिणत हुने नेकपाले जनाएको छ। 

राजधानीका विभिन्न स्थानबाट निस्केका जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त,  घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराई लगायतले गरेका छन् । 

जुलुसमा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट नेकपाका नेता, कार्यकर्ता तथा जनसमुदाय बाक्लो उपस्थिति छ। 

संसद विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ। 

तस्बिरहरू:

 

]]>
प्रचण्ड-नेपाल पक्षको प्रदर्शन, स्वयंसेवकलाई सम्हाल्न हम्मेहम्मे! (तस्बिरहरू) https://www.setopati.com/politics/227246 227246 2021-01-22 02:22:00 नारायण महर्जन नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।
प्रचण्ड-नेपाल पक्षको प्रदर्शन, स्वयंसेवकलाई सम्हाल्न हम्मेहम्मे! (तस्बिरहरू)

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

प्रचण्ड-नेपाल पक्षले जुलुसमा कम्तिमा एक लाख मानिस हुने दाबी समेत गरेको छ। विभिन्न जिल्लाबाट कार्यकर्ताहरू काठमाडौं आइसकेका छन्।

सप्तरी, सिराहा, सर्लाहीबाट कार्यकर्ता आएका छन्। अझै आउने क्रम जारी छ। तर स्वयंसेवकहरूलाई भने जुलुस सम्हाल्न हम्मे हम्मेहम्मे परिरहेको छ।

स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने छ। त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने छ। 

मुख्य जुलुस पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतली सडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने बताइएको छ।

काठमाडौं उपत्यका नजिक रहेका जिल्लाका कार्यकर्ता प्रदर्शनका लागि आइसकेका छन्।

तस्बिरहरू:

]]>
खुले काठमाडौंका स्कुल, मास्क अनिवार्य (तस्बिरहरू) https://www.setopati.com/social/226754 226754 2021-01-17 01:27:00 नारायण महर्जन उनले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरिएको बताइन्। विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ। केही विद्यार्थीले फेस शिल्डसमेत लगाएका छन्।
खुले काठमाडौंका स्कुल, मास्क अनिवार्य (तस्बिरहरू)

आजदेखि काठमाडौं उपत्यका भित्रका विद्यालय खुलेका छन्।

सामुदायिक तथा संस्थागत विद्यालयहरू खोल्न स्थानीय तहहरूले अनुमति दिएसँगै आइतबारदेखि भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर विद्यालयमा पठनपाठन सुरू गरिएको छ।

कोरोना भाइरसका कारण गत चैतदेखि विद्यालयहरू बन्द थिए।

यसबीचमा अनलाइनबाट पठनपाठन गरिएको थियो।

अनलाइनबाट पठनपाठन गरेको कीर्तिपुरस्थित बाघभैरव आवासीय माविमा आजदेखि परीक्षा सुरू भएको छ।

प्रधानाध्यापक सविता मर्हजनले सेतोपाटीलाई दिएको जानकारीअनुसार दुई सिफ्ट गरी परीक्षा सञ्चालन गरिएको छ। 

‘कक्षा १ देखि ५ सम्म पहिलो र ६ देखि १० सम्म दोस्रो सिफ्टमा परीक्षा हुनेछ,’ उनले भनिन्।  

उनले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरिएको बताइन्। विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ। केही विद्यार्थीले फेस शिल्डसमेत लगाएका छन्।

परीक्षा सकेपछि नियमित रूपमा पठनपाठन सुरू गरिने उनले जानकारी दिइन्।

तस्बिरहरू:

]]>
यो साताका क्लिक (तस्बिरहरू) https://www.setopati.com/social/226671 226671 2021-01-16 01:24:00 सेतोपाटी फोटो टिम आजको शृंखलामा पुस २५ देखि  माघ २ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।
यो साताका क्लिक (तस्बिरहरू)

हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।

आजको शृंखलामा पुस २५ देखि  माघ २ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।

माघी पर्वको अवसरमा बिहीबार राजधानीको अनामनगरमा आयोजित कार्यक्रममा परम्परागत पोसाकमा सजिएका थारू युवती। तस्बिरः नारायण महर्जन/सेतोपाटी
माघे संक्रान्तिको दिनमा मनाइने खिचरा पर्वका लागि चिचरको (प्वाका) तयार पार्दै थारु युवती। यो दिन पश्चिम नेपालमा माघी पर्व मनाउने गरिन्छ भने चितवन र नवलपरासीका थारु समुदायले खिचरा मनाउँछन्। पुस मसान्तमा बफाइएको अनदीलाई भोर्लाको पातमा पोको पारेर पोलेपछि बन्ने परिकारलाई थारु समुदायले (प्वाका)भन्ने गर्दछन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
कोरोनाका कारण यस वर्ष माघे संक्रान्तिमा कुनै औपचारिक कार्यक्रम नभए पनि बिहीबार राजधानीमा आफ्नो परम्परागत भेषभूषामा सजिएकी मगर युवतीहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
मकर स्नानका लागि देवघाटधाम आइपुगेकी वृद्धा। त्रिशूली र कालिगण्डकीको संगममा स्नान गर्न देशका विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्दछन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
चौथो राष्ट्रिय भाक्का दिवसको अवसरमा विक्रीका लागि स्टलमा राखिएको थारु समुदायको भेषभूषा। ग्राहकको पर्खाइमा थारु युवती। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
चितवनमा खिचरा पर्वको अवसरमा थारु युवाहरुको संस्था वाइएससी इभेन्टले चितवनमा आफ्नो समुदायका खाना प्वाका, घोंगी लगायतको प्रवर्द्धनका लागि गरेको प्रदर्शनीका लागि परिकार तयार गरिँदै। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
माघे संक्रान्तिको पूर्व बल्खु तरकारी बजारमा तरुल बेच्दै ८ वर्षीय राम लाल मुखिया। तस्बिरः निशा भण्डारी/सेतोपाटी
माघे संक्रान्तिका दिन झापाको कनकाई पुलबाट देखिएको मकर संक्रान्ति नुहाउनेको भीड। स्थानीय प्रशासनले मेला आयोजना नगर्दा पनि कनकाईमा मकर नुहाउनेको भीड थियो। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
काठमाडौंको चोभारमा बिहानी घामको किरणसँगै गुडिरको मोटरसाइकल। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आरन पेशा गर्ने कञ्चनपुरकोे कृष्णपुर-३ का सुल्टु नेपाली अदान बनाउँदै। उनले आफ्नै घरमा किसानले प्रयोग गर्ने औजारहरू पनि बनाएर बेच्छन्। तस्बिर: सबिता बुढा/सेतोपाटी
गैडे सामुदायिक वनबाट बाख्राका लागि डाले घाँस लिएर आउँदै गरेका ७५ वर्षीय वृद्ध। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहका विद्यार्थीले सांकेतिक बयलगाडा प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीबाट गाडा खोस्दै। तस्बिरः निशा भण्डारी/सेतोपाटी
अछामको तुर्माखाँद गाउँपालिका-६ मा पर्ने तुल्ता गाउँ। कर्णाली नदीको छेउमा रहेको यो सुन्दर गाउँ कर्णाली राजमार्गबाट प्रष्ट देखिन्छ। तस्बिरः दिपक शाही/सेतोपाटी
काठमाडौंको सिमसार क्षेत्र टौदहको बिहानको दृष्य। तस्बिरः नारायण महर्जन/सेतोपाटी
काठमाडौंको सिमसार क्षेत्र टौदहमा आगन्तुक चरा चखोवा आहारा खोजदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
२३ औं भूकम्प सुरक्षा दिवसको अवसरमा मध्यपुरथिमि नगरपालिकाद्वारा आयोजित कार्यक्रममा भूकम्प आउँदा आपतकालीन अवस्थामा परेकालाई उद्धार गर्ने प्रक्रिया देखाउँदै नेपाल रेड क्रसका स्वयंसेवकहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
पिठ्युँमा परालबाट आफैंले बनाएको गुन्द्री बेच्न हिँडेका धनगढी-७ कैलालीका महिला। तस्बिर: सबिता बुढा/सेतोपाटी
गत शनिबार कमलादीको प्रज्ञा प्रतिष्ठानमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारलाई सुन्तलाको माला बाँड्दै। तस्बिरः निशा भण्डारी/सेतोपाटी
राष्ट्रिय सभाको हिउँदे अधिवेशनको अन्तिम दिनमा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभामा सम्बोधन गर्दै।तस्बिर: नारायण महर्जन/सेतोपाटी
गत बुधबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा उपस्थित नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्कुराउँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
काठमाडौंको कमलपोखरीमा मरेको माछाको शरीरबाट नयाँ बिरूवा उम्रदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

 

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा गत सोमबार सिंहदरबार अगाडि भएको र्‍यालीमा प्रहरीको धरपकड। तस्बिरः नारायण महर्जन/सेतोपाटी
]]>
कमलपोखरीमा सांकेतिक विरोध https://www.setopati.com/social/226644 226644 2021-01-15 06:19:00 सबिना श्रेष्ठ र नारायण महर्जन सुकेर चिराचिरा भएको कमलपोखरीमा मरेका माछा र गगटो फेला पर्न थालेका छन्। ति जिवहरू बीचबाट अब विरूवा पनि उम्रन थालेको भेटियो।
कमलपोखरीमा सांकेतिक विरोध

सुकेर चिराचिरा भएको कमलपोखरीमा मरेका माछा र गगटो फेला पर्न थालेका छन्। ति जिवहरू बीचबाट अब विरूवा पनि उम्रन थालेको भेटियो।

शुक्रबार हामीले कमलपोखरी विरोधक्रममा आएका अभियन्ताहरूसँग पोखरी अवलोकन गरेका थियौं। कमलपोखरीमा महानगरको लापरबाही भएपछि अभियन्ता र प्रकृति प्रेमीहरूले सांकेतिक विरोध गरेका छन्। त्यस्तै, सांकेतिक विरोध प्रकृतिबाट पनि आएजस्तो लाग्थ्यो।

शुक्रबार कमलपोखरीकै माटो आफ्नो अनुहारमा दलेर नयाँ शैलीमा अभियन्ताहरूले विरोध जनाएका थिए। रानीपोखरीबाटै पोखरी निर्माणबारे सिकाए पनि नगरपालिकाले नबुझेपछि लज्जाबोध भएको भन्दै उनीहरू यसरी उत्रिएका हुन्।

‘रानीपोखरीबाट हामीले पाठ सिकाउन सकेनौं जसकारण लज्जाबोध भएर आफ्नै अनुहारमा माटो दलेका हौं,’ अभियन्ता सुसन वैद्यले भने, ‘हामी मात्र होइन नगरपालिकाका सम्पुर्ण पदाधिकारीहरुले पनि लज्जित महसुस गर्नुपर्ने हो।’

सुसनले हातमा ‘डियर मेयर, रानीपोखरीबाट पाठ सिकाउन नसकेकोमा हामी लज्जित छौ’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए। त्यस्तै, अरूले ‘डियर मेयर, सिमेन्ट र डन्डीको कमल हामीलाई चाहिँदैन’, ‘प्रकृतिको दोहन बन्द गर’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए।

‘हामी यहाँ प्रण गर्दैछौं कि कमलपोखरीलाई फेरी कमलपोखरी बनाउनुपर्छ। यहाँ सिमेन्टको फूल होइन, विभिन्न प्रजातिका कमल फूलहरू फूल्नेछ,’ सुसनले भने।

आफ्नो अनुहारमा माटो दलेपछि उपस्थित अभियन्ताहरूले पोखरीको फन्को मारे। त्यहाँ बन्दै गरेका संरचनाहरू नियाले। हामीले गुमाउँदै गरेका कमलपोखरीको अवस्था पनि देख्यौं।

करिब ९ करोड ४७ लाख रूपैयाँ बजेट छुट्याएको काठमाडौं महानगरपालिकाले कमलपोखरी निर्माणका लागि पोखरी सुकाइएको हो। वरिपरि कंक्रिट संरचना बनाउने योजना छ। बीचमा कंक्रिटकै फूल रोप्ने नगरपालिकाको योजना छ।

‘विकाश भनेको कंक्रिट मात्रै हो?’ बागमति प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले भने, ‘जमिनको रिचार्जं प्रणाली के हो भन्ने केही अध्ययन छैन। मौलिकता त झन कता हो? सबै कामलाई ठेक्कामा दिएका छन्। पोखरीजस्तो अमुर्त सम्पदालाई जगेर्ना गर्ने कुनै वास्तै छैन।

’उनले अगाडि भने, ‘खाली पैसाकै लागि सम्पदालाई भत्काउनु भन्दा एकअर्कालाई पैसा बाढ्नुहोस्। हाम्रो ठाउँ नबिगारिदिनुस्। म नगरपालिकालाई यही भन्न चाहन्छु।’

विरोधक्रममा सम्पदाविद् सुदर्शन तिवारी, ऐतिहासिक ढुंगेधारा–हिति संरक्षण समितिका सुशील श्रेष्ठ, स्थानियहरूको पनि उपस्थिति थियो। उनीहरूले पोखरीको पुरानो अवस्था, यसकाे एतिहासिकता, निर्माणमा ढिलाई लगायत विषयमा पनि कुराकानी गरेका थिए। 

कमलपोखरीलाई परम्परागत शैलीमै बनाइयोस् भन्ने उनीहरूको आग्रह हो। तर यसको ऐतिहासिकता र मौलिकता मासिने देखिएपछि उनीहरू जुर्मुराएका छन्।

]]>
मगर समुदायको माघेसंक्रान्ती तस्बिरमा https://www.setopati.com/social/226555 226555 2021-01-14 07:01:00 नारायण महर्जन आज माघ १ गते अर्थात माघे संक्रान्ति पर्व। यो पर्व देशभर भव्यरुपमा मनाइन्छ। नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा मनाउने गर्छन् । मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ।
मगर समुदायको माघेसंक्रान्ती तस्बिरमा

आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। यो पर्व देशभर भव्यरूपमा मनाइन्छ।

नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रूपमा मनाउने गर्छन् । मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ।

तर यसपालि कोरोना भाइरसका कारण कुनै औपचारिक कार्यक्रम आयोजना गरिएन।

यस पर्वको अवसरमा मगर समुदायका मानिस सामूहिक रूपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन पनि छ। 

औपचारिक कार्यक्रम नभए पनि काठमाडौंमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर माघे संक्रान्ति मनाएका छन्। 

]]>
चराहरूको स्वर्ग जगदिशपुर ताल https://www.setopati.com/social/226523 226523 2021-01-14 03:14:00 भगवती पाण्डे बरालका अनुसार यो तालमा बाहिरी मुलुकबाट हरेक वर्ष १५ हजारभन्दा बढी चराहरू आउने गर्छन्।
चराहरूको स्वर्ग जगदिशपुर ताल

पाहुना चराहरूको स्वर्ग बनिरहेको कपिलवस्तुको जगदिशपुर ताल ४५ वर्षअघिसम्म गाउँ थियो।

थारु समुदायको बाहुल्यता रहेकोले त्यो गाउँलाई जगदिशपुर थारु गाउँ भनिन्थ्यो। गाउँको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो। त्यही तालमा गाउँलेहरू पौडी खेल्ने, भैंसीलाई आहाल बसाल्ने र माछा मार्ने गर्थे। कपिलवस्तु नगरपालिका वडा नं. ९ का अध्यक्ष शिव बहादुर वाग्ले त्यहाँको विगतबारे यसरी बताउँछन्।

कपिलवस्तु जिल्ला धान, दाल र गहुँ उत्पादनको लागि अन्न भण्डार मानिन्थ्यो। प्रशस्त खेतीयोग्य जमिन भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा भने थिएन।

उत्तरी क्षेत्रमा वाणगंगा र कोइली नदीबाट कुलो र नहरमार्फत खेतमा सिँचाइ गरिए पनि दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा थिएन।

त्यही समस्या समाधानको लागि वि.सं. २०३५ सालमा सिँचाइ प्रयोजनको लागि वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले लक्ष्मणघाटमा बाँध बाँधेर जगदिशपुरमा जलाशय निर्माण गर्ने र त्यहीबाट नेपाल र भारतका समेत सयौं हेक्टर जमिन सिँचाइ गर्ने योजना अगाडि सारेको थियो।

त्यही सिँचाइको लागि कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० मा बनाइएको जलाशय अहिले चराहरूको लागि स्वर्ग र आकर्षक पर्यटकीय स्थलको रूपमा जगदिशपुर तालको नामबाट देशभर प्रख्यात छ।

कुल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल नेपालको मानवनिर्मित सबभन्दा ठूलो ताल हो।

यहाँ ४७ लाख घनमिटर पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ। तर अहिले भने कोइली र वाणगंगा नदीको पानीमा बगेर आउने माटोका कारण तालको उत्तरतर्फको क्षेत्र पटान भएको छ।

बेला-बेलामा सरसफाइ गर्ने गरिए पनि पानी र दल-दलमा उम्रिने मिचाहा वनस्पतिको कारण ताल क्षेत्र पनि साँघुरिँदै गएको छ।

डिभिजनल सिँचाइ कार्यालयसँगको साझेदारीमा जलउपभोक्ता संघले व्यवस्थापन गरिरहेको यस तालबाट हजारौं परिवारले सिँचाइमार्फत् प्रत्यक्ष रूपमा लाभ लिएका छन्।  

वर्षेनी हजारौं पाहुना चराहरूले ताललाई बासस्थान बनाएका छन्। ताल निर्माणको लागि वि.सं. २०३३ सालमा आफ्नो घरजग्गा दिएर जगदिशपुर नजिकै स्थानान्तरण भएका रामप्रसाद चौधरी ताल निर्माणपछि सिँचाइको लागि मात्र नभई जैविक विविधताको लागि जगदिशपुर देशकै नमूना बनेकोमा खुसी छन्।

‘म त सानै थिए, तालको डिल भत्किएर क्षति हुनसक्छ भनेर त्यहाँको जग्गा दिएर बुवाहरू यता सर्नुभएको रहेछ, अहिले त्यही ठाउँ पर्यटकीय क्षेत्र बनेको देख्दा खुसी लाग्छ,’ उनले भने।

रामप्रसादका हजुरबुवा सीताराम थारु ताल क्षेत्रमा पर्ने जग्गाको मुआब्जा लिएर नजिकैको अर्को गाउँमा स्थानान्तरण भएका थिए।
स्थानीय दुवर थारु पनि तालको लागि आफूहरूको झण्डै ५ विगाह जग्गा अधिग्रहणमा परेको बताउँछन्।

दुवरका बुवा दत्तु थारुले प्रति विगाह ३० हजार रुपैयाँमा सबै जग्गा ताललाई दिएर जगदिशपुर थारु गाउँमा बसोबास गरेका थिए।

सीताराम र दत्तु दुवैको मृत्यु भए पनि उनीहरूका छोरा नातिहरू भने अहिले आफ्नै घरगोठ दिएर बनाइएको तालको संरक्षणमा लागेका छन्।  

जलपंक्षीहरूको आगमन बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्वसीमसार क्षेत्रमा सूचीकृत गरिएको थियो।

जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका सचिव सुन्दर पाण्डे सिँचाइको लागि बनाइएको तालमा बिस्तारै हिउँदमा जलपंक्षीहरू आउन थालेपछि यसको संरक्षणको अभियान सुरू गरिएको बताउँछन्।

तालको नजिक रहेको बस्तीका बासिन्दाले नै तालबाट प्रत्यक्ष लाभ लिने र प्रभावित हुने भएकोले तालको संरक्षणको लागि पनि स्थानीयलाई सहभागी बनाउने गरिएको छ।

प्रहरी तथा वनका कर्मचारीसँगै स्थानीय पनि तालका माछा र चराहरूको संरक्षणका लागि तालको निगरानीमा जुट्ने गरेको पाण्डेले बताए।

यो ताललाई नेपाल सरकारले १ सय पर्यटकीय क्षेत्रभित्र समेटेर पर्यटन प्रवर्द्धनका कार्यक्रममा सघाउ पुर्‍याउँदै आएको छ भने लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशका २० वटा पर्यटकीय क्षेत्रको सूचीभित्र यो ताललाई पनि समेटेको छ।

सोही अनुसार गत वर्ष २ करोड रुपैयाँ विनियोजन गरी भ्यूटावर, पोखरीको वरिपरि पदमार्ग लगायतका संरचना निर्माण भइरहेका छन्।

यो ताल सिँचाइसँगै सिमसार र पर्यटकीय क्षेत्र समेत भएकोले यसको व्यवस्थापनमा पनि सबै क्षेत्रको भूमिका हुनुपर्ने पाण्डे बताउँछन्।

‘रामसार र सिमसार क्षेत्र भएकोले वनको भूमिका देखिन्छ, सिँचाइ प्रयोजनको लागि बनाइएकोले सिँचाइ डिभिजनको कार्यक्षेत्र भित्र पर्छ भने पछिल्लो समय डुंगा सयर गराउने र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने काम भइरहेकोले स्थानीय तहले आफ्नो स्वामित्वभित्र राखेर विकासका काम अगाडि बढाइरहेका छन्,’ उनले भने।

तर यहाँ डुंगा चलाएर पर्यटक ल्याउने भन्दा पनि बर्ड वाचिङ र जैविक विविधताको क्षेत्रबाट यसको विकास गर्नुपर्छ भन्ने आवाज उठ्ने गरेको छ। यहाँ हरेक वर्ष पंक्षीसंरक्षण संघले चराविद् हेमसागर बरालको नेतृत्वमा चराहरूको गणना गर्ने गर्छ। यस वर्ष पनि बरालको नेतृत्वमा गत सातादेखि चराहरूको गणना सुरू गरिएको छ।

बरालका अनुसार यो तालमा बाहिरी मुलुकबाट हरेक वर्ष १५ हजारभन्दा बढी चराहरू आउने गर्छन्।

लोपोन्मुख प्रजातिहरू अन्यत्रका जलाशयमा नदेखिएका चराहरू पनि यहाँ पाइने बराल बताउँछन्।

हरेक वर्ष जाडोयाम सुरू भएसँगै रुस, चीन, मंगोलिया, साइबेरिया, तुर्केमिस्तान र कीर्गिस्तानबाट हजारौं चराहरू त्यहाँको जाडो छल्न यो तालमा आउने गर्दछन्।

गत वर्ष कात्तिकदेखि फागुनसम्मको ५ महिनाको अवधिमा यहाँ २१ हजार चराहरू गणना गरिएको थियो।

यस वर्ष भने पंक्षी संरक्षणको अभियान र निगरानी भइरहेकोले चराहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

‘कात्तिकदेखि माघसम्म नै विभिन्न मुलुकबाट चराहरू आउने क्रम जारी रहने भएकोले अहिले नै यत्तिकै संख्यामा चराहरू आए भन्न नसकिए पनि १२ देखि १५ हजारको संख्यामा चराहरू आइसकेको हुनुपर्छ,’ पाण्डेले भने।

यहाँ सबभन्दा बढी मरुल चराहरू आउने गर्छन्।

त्यस्तै, हाँस प्रजातिका सुनजुरे, खडखडे, सिलसिले, कालीजुरे र मालक चराहरू पनि रहेका छन्।

त्यस्तै सुइरोपुछ्रे, बेल्चाठुंडे, सिन्दुरे र कैलो टाउके हाँसको लागि यो ताल राम्रो बासस्थान बनेको छ।

तालको पानीमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने चखेवा चखेवीको चहलपहलले अहिले तालमा पुग्ने पर्यटकहरूलाई मनोरञ्जन दिने गरेको छ।

पाहुना चराको जलक्रिडा र रोमाञ्चक गतिविधिले पंक्षी प्रेमीलाई मात्र होइन त्यहाँ पुग्ने हरेक पर्यटकलाई मन्त्रमुग्ध बनाएको छ।

रुस, चीन, मंगोलिया, साइबेरियामध्ये एसियाका तुर्केमिनिस्ता र कीर्गिस्तानमा हिउँ परेर तालतलैया तथा पानीको सतह जम्ने भएपछि आहारको खोजी गर्दै चराहरू यहाँ आउने गर्छन्।

फागुन महिनापछि भने यहाँ गर्मी हुन थालेपछि चराहरू फेरि आफ्नै मुलुक फर्किने गर्छन्। ती मुलुकहरूबाट सातदेखि १० दिन लगाएर ४ देखि ५ हजार माइलसम्मको उडान गरी चराहरू यहाँ आउने गर्छन्।

यो तालमा पंक्षी संरक्षण संघले विश्वमै दुर्लभ मानिएका ७ प्रजातिसँगै सिमसारमा आश्रित ६१ प्रजातिका चरा पाइन्छन्। त्यस्तै अन्य ५७ प्रजातिका चरा पनि यो तालमा पाइने गर्छन्।

धेरै प्रजातिका र ठूलो संख्यामा चराहरू आउने भएकोले यो ताल पंक्षीसम्बन्धी अध्ययन गर्ने विद्यार्थी तथा पंक्षीविद्हरूको लागि विश्वविद्यालयको रूपमा स्थापित हुँदै गएको पाण्डेले दाबी गरे।

चराहरू आउने क्रम बढेसँगै अहिले दैनिक दुई तीन सय पर्यटकहरू अवलोकनको लागि पुग्ने गर्छन्।

पर्यटकहरूलाई आकर्षित गर्न विगत दुई तीन वर्षदेखि तालमा डुंगा सञ्चालन गरिएको छ। तर डुंगा सञ्चालनले चराहरूको गतिविधिमा असर नगरोस् र पर्यटकहरूले चराहरूको गतिविधि अवलोकन गर्न पनि सकुन् भन्ने उद्देश्यले तालमा रस्सी लगाएर डुंगा सयरको लागि क्षेत्र विभाजन गरिएको छ।

बिहानको समयमा डुंगा सयर गर्ने क्षेत्रमा चराहरू आउने गरे पनि डुंगा चल्न थालेपछि त्यहाँबाट अन्यत्र जाने गर्छन्।

चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा बासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ।

तालको वरिपरि डिलबाट हिँडडुल गर्न र चराहरू अवलोकन गर्न पाइने भए पनि तालभित्र जान भने रोक लगाइएको छ।

पहिले चराहरूलाई लखेट्ने, मार्ने गरिए पनि अहिले स्थानीयहरू चरा संरक्षणमा लाग्ने गरेका छन्।

ताल र वरपरको जैविक विविधतासँग जोडेर पर्यटन विकास गर्ने र त्यसको माध्यमद्वारा स्थानीयको जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नेतर्फ छलफल भइरहेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह बताउँछन्।

 

]]>
‘नागरिक सभा’मा प्रतिगमन विरोधी कला प्रदर्शन (तस्बिरहरू) https://www.setopati.com/social/226352 226352 2021-01-12 06:01:00 नारायण महर्जन संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार विरोध सभा गरेका छन्।
‘नागरिक सभा’मा प्रतिगमन विरोधी कला प्रदर्शन (तस्बिरहरू)

संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार विरोध सभा गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गरेको हो। यसका साथै ‘नागरिक सभा’मा प्रतिगमन विरोधी कला प्रदर्शन पनि गरिएको छ। 

सभामा सहभागीले संसद विघटन रातारात, देश डुबाउने तिम्रो हात, जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्, जनमत कुल्चिन पाइन्न, लोकतन्त्रको हत्या सहिन्नलगायत नारा बोकेर प्रदर्शन गरेका प्रदर्शन गरेका थिए। 

सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता छन्।

संसद विघटनपछि विभिन्न तह-तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आन्दोलन गठन गरेका थिए।

तस्बिरहरू:

]]>