रसुवामा रहेको ऐतिहासिक रसुवागढी समयमा मर्मत नहुँदा भत्किएको छ। नेपाल चीन सीमामा रहेको टिमुरे गाउँ विकास समितिको वडा नम्बर– १ मा पर्ने रसुवागढी जीर्ण अवस्थामा पुग्दा पनि मर्मत हुन नसक्दा भत्किएको स्थानीयवासीले गुनासो गरेका छन्।
सम्बन्धित निकायले ध्यान नदिँदा गढीको तीन मिटर भाग भत्किएको छ। विसं १९१२ मा नेपाल तिव्वत युद्ध समयमा गढी निर्माण गरिएको थियो। रसुवागढीमा ४७ वटा प्वाल रहेको छ।
स्थानीय प्रशासन र पुरातत्व विभागले समयमा मर्मतमा चासो नगर्दा गढीको अस्थित्व नै नरहने अवस्थामा पुगेको स्थानीयवासीले गुनासो गरेका छन्। रासस