सेवाग्राहीसँग घुस लिंदै गर्दा यातायात व्यवस्था कार्यालय लुम्बिनीका एक कर्मचारी रंगेहात पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नायब सुब्बा यादव केशी खड्का घुस लिएको ६ हजार रूपैयासहित पक्राउ परेका हुन्।
सेवाग्राहीसँग सवारी चालक अनुमती पत्रको प्रतिलिपी बनाईदिने भन्दै खड्काले ६ हजार रुपैयाँ लिंदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले उनलाई पक्राउ गरेको हो।
कपिलवस्तुको बुड्डी गाविस ४ का ५५ वर्षिय खड्कालाई घुस लिंदै गर्दा बिहीबार पक्राउ गरी आवश्यक अनुसन्धान प्रकृया थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जनाएको छ ।