सेतोपाटीले भुइँचालो कथा श्रृंखला सुरू गरेको छ। हामी अब निरन्तर रूपमा भुइचालोसम्बन्धी कथा, विचार,अनुभव र स्थलगत रिपोर्टलाई प्रकाशन गर्नेछौ।
-सुदीप श्रेष्ठ
भुइँचालोले काठमाडौं उपत्यका साबिकको ठाउँभन्दा १.३५ मिटर माथि उचालिएर दक्षिण–पश्चिमतिर टेँढो परेको छ। काठमाडौंभन्दा उत्तरी हिमाली क्षेत्रको उचाइ भने लगभग ६० सेन्टिमेटर घटेको छ। यो तथ्यांकले काठमाडौं र उत्तरी हिमाली क्षेत्रमा आएको भौगोलिक परिवर्तन मात्र बुझाउँदैन, ठूलो भुइँचालो जाँदा हिमाली शृंखला अग्लो हुन्छ भनी प्रमाणित पनि गर्छ। कसरी?
विस्तृतमा
भुइँचालो अनुभव:
- चन्द्र काफ्ले

कम्पन रोकिएपछि म न्युजरूम पसेँ। म बस्ने कुर्सी धुलाम्मे थियो। मनिटर लडेको थियो। ल्यापटप टिपेर बाहिर निस्किएँ। म भित्र गएको साथीहरूलाई मन परेको थिएन। ‘मर्नलाई किन जानुपर्यो’ भन्दै थिए। आफूलाई भने समाचार अपलोड गर्न हतार थियो। विस्तृतमा
- प्रहरी निरीक्षक, सिताराम हाछेथु,

अघि बढ्दा मैले त्यहाँ निकै विभत्स दृश्य देखेँ। मान्छेहरु चिच्याइरहेका। सबैतिर धरहराको भग्नावशेष छरिएका। छेउमा खसेको धरहराको माथिको रेलिङ्ग भित्र तीनजना महिला देखें। रेलिङको जालीलाई ठूलो ढिक्काले चेपेको छ। त्यसभित्र शरीर पुरिएको तर आधी ज्यान देखिएका महिलाहरु छन्। च्यापिएका महिलाहरुको टाउको समाउँदै गरेकाहरुले ल स्काभेटर आयो अब निकाल्न सकिन्छ भने। मैले स्काभेटरका चालकलाई पन्छाउन भनें। म पहिलेदेखि नै दुर्घटनास्थल पुग्ने बित्तिकै फोटो खिच्ने गर्थें। तर त्योबेला क्यामरा निकालेर फोटो खिच्न खोज्दा हात काँप्यो। तर दुईटा भन्दा धेरै फोटो खिच्न सकिन। हंशले ठाउँ छोडेजस्तो भयो। विस्तृतमा
-नारायण महर्जन
.JPG)
प्रशन्न पोखरेल

उनले भिडीयो मात्र खिचेनन्, तत्कालै घाइतेको उद्धारमा जुटिहाले। गाउँ भरका घाइतेको उद्धार गर्न दिउँसोको १२ बजेदेखि रातको १२ बजेसम्म लाग्यो। उनी जुन–जुन घरमा पुग्थे त्यो घरमा घाइते चिच्याइरहेको, रोइकराइ गरेको देखेँ, सुनेपछि उद्धार गरिहाल्थे। घाइतेको उद्धार गरेर मात्रै कहाँ पुग्थ्यो र घाउमा मलमपट्टी लगाउनुपर्ने भयो। बारपाक –४ मा निजी मेडिकल सञ्चालन गर्दै आएकी केरानी घलेलाई साथ लिएर घाइतेको प्राथमिक उपचारमा उनीहरू लागिपरे। विस्तृतमा
- श्रीकमल द्विवेदी

घर बनाउँदा डिजाइनअनुसार डन्डी बाँधेको छ कि छैन हेर्नुपर्छ। तल हाल्नुपर्ने डन्डी माथि परे मात्र पनि त्यो संरचना कमजोर हुन्छ। सिमेन्ट वा कंक्रिट मुछ्नेबित्तिकै प्रयोग गर्नुपर्ने हुन्छ, किनकि पानी हालेर मुछेपछि सिमेन्टको जम्ने प्रक्रिया सुरु भैसकेको हुन्छ। जमिसकेको सिमेन्ट फुटाएर जोडिँदैन। विस्तृतमा
- भवसागर घिमिरे

जसरी घामले जूनलाई र जूनले पृथ्वीलाई उज्यालो बनाउँछ। एउटा भगवानजस्ता डाक्टरको व्यवहारले धेरै भगवान जन्माउन सक्छन्, जसलाई पुज्न हामी अक्षता बोकेर मन्दिर गैराख्नु पर्दैन। विस्तृतमा
ध्रुब दंगाल

वैशाख १२ को भुइँचालोमा घरभित्र चेपिएर बल्लतल्ल निस्किएका सिन्धुपाल्चोकस्थित नागरिक संवाददाता ध्रुव दंगाल आफैं भुइँचालो पीडित हुन्। उनको घर भत्किएर परिवार पालमुनि आश्रित छन्। आफैं पीडित हुँदा पनि उनले सिन्धुपाल्चोक क्षेत्रका समाचार लगातार लेखिरहे। र, लेखिरहेका छन्। भुइँचालोजस्तो राष्ट्रिय विपत बेला फिल्डमा खटिएका नागरिक संवाददाता दंगालसँग सेतोपाटीले लिएको अन्तर्वार्ता :विस्तृतमा
पुनर्निर्माणमा लापरबाही
लीलामणि पौडेल
- भरतबन्ध थापा

इपिसेन्टर : बारपाक
- सुदीप श्रेष्ठ

टेलिफोनमा दिनहुँजसो बाबा र छोरीको कुराकानी हुन्छ। छोरी तोतेबोलीमा ‘बाबा ... बाबा ...’ भन्छिन्। बाबाको स्वर बोल्दाबोल्दै सुनिन छाड्छ। रसकुमारी भन्छिन्, ‘छोरीलाई देखेर मेरो आधा मन हाँस्छ, आधा मन लडेको घर सम्झेर रुन्छ।’ उनको कुरा सुन्दा यस्तो लाग्छ, बारपाकको भूगोल र उनको व्यथा उस्तै–उस्तै छ, औंसी र पूर्णेबीचको आधी चन्द्रमा जस्तो। विस्तृतमा
इपिसेन्टर : रसुवा
-समुन्द्रराज घिमिरे

‘गरिबहरू मान्छेका कुरा गर्थे भने धनीहरू घरको कुरा गर्थे। होचो घरको मालिकले अग्लो घरको मालिकलाई गाली गथ्र्यो। उसले आफूभन्दा होचो घरलाई अप्ठ्यारो परेको कहिल्यै सोचेन। केही दिन पालमा मिलेर बसेका धनीहरू विस्तारै वर्गीकृत हुन थाले। केही दिन धनी, गरिब, जात, धर्मको वास्ता नगरी पालभित्र सँगै बसेकाहरूको मन बाझिन थाले।’ विस्तृतमा
इपिसेन्टर : बारपाक
- सुदीप श्रेष्ठ

वैशाख १२ को भुइँचालोपछि बारपाककी ७२ वर्षीया श्रीमाया घले भएभरको गहना लाएर हिँड्छिन्। उनको गलामा नौगेडी, कानमा मर्कली र नाकमा बुलाकी सधैं हुन्छ। उनी भन्छिन्, ‘फेरि भुकुम्प आम्छ भन्छन्, घराँ राखेर क्यार्नु ! म त जहाँ जाँदा नि ला’र हिँड्छु बाबु, मरे नि यो ला’रै मरम्ला। बाँच्यो भने छोरा–बुहारीको दुःखमा खर्च, सुखमा गहना।’ विस्तृतमा
भुइँचालोमा आफू बाचेर अरूलाई बचाएका डाक्टर
- दिनेश दिपु सुवेदी

‘आज जीवनको अन्तिम दिन रहेछ जस्तो लाग्यो। बाहिर जान सक्ने सम्भावना नै थिएन। जमिन हल्लिँदै थियो। गाह्रो चर्किदै गएपछि धुलो खस्दै गयो। अब मरिने भो भन्ने निश्चित भयो। घर परिवार सबै सम्झिएँ। त्यतिकैमा एक्कासि खाट मुनि जानुपर्छ भन्ने चेत आयो, अनि त्यतै छिरेँ। एकछिन त सक्ड नै भइयो,’ बोल्दाबोल्दै गम्भीर बनेका डाक्टर लगातार सुनाउँदै गए। विस्तृतमा
इपिसेन्टरमा लभ म्यारिज!
प्रशन्न पोखरेल

२०७२ बैशाख १२ गते बारपाक केन्द्रबिन्दू भई गएको भूकम्पले घर ध्वस्त भएपनि माया, पिरती लगाउनेहरु बिचलित भएनन्। भूकम्पपछिको एक बर्षमा बारपाक गाउँमा मात्रै १५ भन्दा बढी जोडिले बिहे गरेका छन्। बिहे गरेका जोडी हेर्दा अधिकांश स्कूले उमेर समूहका छन्। कक्षा ८ देखि १० पढ्दा उनीहरु बिहे गरिसक्छन्। बारपाकमा मागी बिहे भन्दा भागी बिहे गर्नेहरु बढी छन्। दुवैले मन पराएपछि छिनमै बिहे हुन्छ। विस्तृतमा
'अरू त भागे होलान्, छोरीलार्इ के भयो?'
अशेष अधिकारी
भुइँचालोपछि मेरो दिमागमा सवैभन्दा पहिले दाईकी एकवर्ष पुग्दै गरेकी सानी छोरीको सम्झना आयो। मनले नचाहिने कुरा सोच्यो। 'अरू त भागे होलान्, त्यसलाई के भयो।' काठमाडौंबाट घर बाइकमा डेढ घन्टाको दूरीमा भए पनि लामै अन्तरालमा पुग्थे। घरमा आमा, हजुरआमाले घरको न्यास्रो लाग्दैन, कस्तो मान्छे भनिरहनुहुन्थ्यो। दाइकी छोरी जन्मेपछि त्यो केही घटेको थियो। मलाई त्यसको न्यास्रो लाग्थ्यो अरूको नलागे पनि। त्यसैले सबैभन्दा पहिलो याद पनि उसैको आएको थियो।
विस्तृतमा
भूकम्पपीडितलाई खानेपानीको जोहो गर्न सकस
- भानुभक्त/उत्तम काप्री

धुसेनी प्रतिनिधि गाउँमात्रै हो, भूकम्पपछि धेरै पहाडी जिल्लामा पानीको मुहान सुक्दै गएका छन्। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्राज्ञ रञ्जनकुमार दाहालले भूकम्पले जमीनमुनिको पानीको अवस्थिति परिवर्तन गरिदिएकाले मुहान सुकेको बताए। ‘भूकम्पले जमीन हल्लिदाँ पानीको नियमित बाटो बदलिन्छ, कतै चट्टान छुटिन्छन्, कतै प्वाल पर्छ,’ केसीले भने ‘त्यसो हुँदा पहिलेकै मुहानबाट पानी आउँदैन, त्यो अन्तै जान्छ।’ विस्तृतमा
धरहराबाट सँगै झरेका, जिन्दगीमा सँगै उभिएका रमिला र सञ्जीव
-शोभा शर्मा
उनीहरू धरहराबाट खसेको एक बर्ष पुग्न लागेको छ। रमिला त अझै उठ्न सकेकी छैनन्। धरहराबाट खस्दा रमिलाको बायाँ खुट्टा भाँचिएको थियो। सञ्जीवको बायाँ हात। ... सञ्जीव डिस्चार्ज भएर रामेछाप आफ्नो गाउँ पुगिसकेका थिए। रमिला भने दसैंँताका मात्रै घर पुगिन्। दुबैका घर चर्किएका थिए। पालको बास थियो। उनीहरूले त्यहीँ दसैं–तिहार मनाए। ... स्कुल जान चाहन्छिन् रमिला।
विस्तृतमा
शोकमा परेका आफन्त छोडेर रिपोर्टिङमा हिँडेका पत्रकार
- सुदीप कैनी

वैशाख १२ गते गोरखाको बारपाक गाविस केन्द्रबिन्दु भएर भूकम्प आयो। त्यो दिन मेरो ठूलोबुबाको छोराको बिहे थियो। म पोखरा जन्ती गएको थिएँ। जन्ती दुलहीको घरनजिकै पुग्नेबेला भूकम्प आयो। दिउँसो मज्जाले भूकम्पको महसुस गर्न पाउँदा सुरूमा कौतुहलता बढ्यो। केहीक्षण भूकम्पपछि जन्तीकै रौनकमा हामी भुल्यौं। जन्ती गएका मेरो गाउँलेहरूको घर भत्किएको पशु र चौपाया पुरिएको फोन आउन थाल्यो। मानिस घाइते भएको भुइँचालोले धेरै क्षति पुर्याएको खबर एकपछि अर्को गर्दै आउन थालेपछि तनाव बढ्यो। मोबाइलको नेटवर्कले त्यति काम गरिरहेको थिएन। जन्ती चाँडै गरेर घर फर्किन चाहन्थे। विवाह सम्पन्न गर्नुपर्ने थियो। काठमाडौँको धरहरा ढलेको खबर बिहे घरमा फैलियो। दुलही घर नजिकैका घर पनि पनि भत्केका थिए। विस्तृतमा
भूकम्पले जोडेको सम्वन्ध
अनिल अधिकारी

सेतुरामले पर्खाल देखाउँदै भने। हाम्रो मनभित्रको घमण्डको पर्खाल आज भूकम्पले ढाले झै ढलेको छ। त्यो पर्खालसँगै भ्रम, डाह र इश्या पनि ढलेको छ। निदाउनु भन्दा अघि पनि उनी भन्दै थिए। आज ५६ सेकेण्डको भूकम्पले धेरैको सम्पति नोक्सान गरेको छ। देशलाई पछाडि पारेको छ तर मेरो लागि जिन्दगीले कहिल्यै सिकाउन नसकेको कुरा सिकाएको छ। बुझाएको छ। जिन्दगीमा सम्बन्धको महत्व के रैछ भनेर। त्यो पनि असल सम्बन्ध। जिन्दगी जिउन ठूला मान्छेहरु भन्दा एकजना असल मान्छे भए पुग्ने रहेछ। विस्तृतमा
एउटी नर्सको भुइँचालो अनुभव
- ओमिका सुनुवार/नर्भिक अस्पताल

नर्सिङ स्टेसनमा औषधि मिलाउन लागेँ। केहीबेरमा डरलाग्दो आवाजसहित हल्लाउन थाल्यो।सुरूमा के भएको सोच्नै सकिनँ। केही नर्स सहकर्मीहरू रुन थाले। सीसीयुको चारैतिर हेरेँ, बिरामीको बेड नाचिरहेको थियो। बिरामी बेडमाथि जुरुक्क–जुरुक्क भइरहेका थिए।म उभिन सकिरहेकी थिइनँ। रिंगटा लागे झैं भयो। अनि बल्ल पो थाहा भो भूकम्प आएको रहेछ। चारैतिर हल्लिएको देखेर ‘आज त मरिने भो’ जस्तो लाग्यो। तर आफूलाई सम्हालेँ। हतार–हतार २०९ नम्बरको बेडको बिरामी समात्न गएँ। जहा सडक दुर्घटनामा परी खुट्टा भाँचिएका भारतीय नागरिक थिए। त्यहीँबाट सहकर्मीहरूलाई ‘नआत्तिनु केही हुँदैन’ भन्दै सम्झाएँ। म जस्तै अरु नर्स साथीहरू पनि अन्य बेडका बिरामी समात्न गए। विमला तामाङ बहिनी २१० नम्बर बेडको भेन्टिलेटरको बिरामी समात्न पुगिन्। विस्तृतमा
‘वसन्तपुरसँग हाम्रो आत्मा जोडिएको छ’
-सुदीप श्रेष्ठ

‘कल्पना गर्नुस् त, वसन्तपुरका जम्मै घर र मन्दिर भूकम्पप्रतिरोधक छन्। घर–घरमा देश–विदेशबाट आएका पर्यटक पाहुना लागेका छन्। उनीहरू कोही छतमा घाम ताप्दै त कोही झ्यालबाट आधा जीउ बाहिर निकालेर वसन्तपुरको साँस्कृतिक स्वाद लिइरहेका छन्। काष्ठमण्डप चोकमा थरिथरिका नेवारी झाँकी र जात्रा चल्दैछ। लाखे नाच हुँदैछ। जीवित देवी कुमारी झ्यालमा आएर सबैलाई दर्शन दिँदै हुनुहुन्छ। नेवारी खानाको बासनाले वसन्तपुर मगमगाएको छ। युवायुवती वसन्तपुरको रंगमा रंगिएका छन्।’ विस्तृतमा
वैशाख १२ मा म के गर्दै थिएँ?
- आकाश केसी

भद्रगोल जेल सबैभन्दा पुरानो जेल हो रे भन्छन्। हुन पनि हिँड्दासमेत हल्लिने ब्लकहरू थिए यहाँ। यस्तो चर्किएको ठाउँमा भूकम्प आयो भने के होला? बेला–बेला हामी तर्सिरहन्थ्यौँ। टिभीमा भूकम्पका बारे जानकारीमूलक समाचार या कार्यक्रम हेरेपछि भूकम्प आयो भने यहाँ के होला भन्ने भइहाल्थ्यो। त्यसपछि त मन भूकम्पै आएजसरी काम्थ्यो। विस्तृतमा
भुइँचालो कथा : उद्धारकर्ता लक्ष्मण बस्नेतको अनुभव
- भानुभक्त
.jpg)
पेम्बालाई ताने। छेउमा रहेको मोटरसाइकलमा पेम्बा अड्किए। उनले पेम्बालाई फेरि पछाडि धकेले र बाटो बनाए। केही बेरमा पेम्बालाई बोकेर बाहिर आए। ‘त्यो पाँच घन्टा मलाई पाँच जुगजति लामो लाग्यो,’ उनले भने, ‘पेम्बालाई त्यत्रो दिन कस्तो भयो होला?’ बाहिर सशस्त्र प्रहरीका उच्च अधिकृत, देश–विदेशका मिडिया र सर्वसाधारणको भीड थियो। उनी थाकेका थिए। हात बाउँडिएका थिए। शरीर गलेको थियो। थकित उनलाई उच्च अधिकृतले स्याबासी दिए। कसैले भन्यो– ‘हि इज अ रियल हिरो।’ विस्तृतमा
सरकार पर्खिरहेका सेलाङका भूकम्पपीडितको पीडा
-बिमल नेपाल

गाउँ फर्किएर घर बनाउँला भन्ने अवस्था पनि छैन। गाउँमाथिबाट ठूलो पहिरो खसेको छ। गाउँको जमिन चिराचिरा परेको छ। गाउँको पानीको मुहान सुकेको छ। त्यसैले गोल्चे र त्यसआसपासका अरु गाउँका विस्थापित सेलाङमा नै बसिरहेका छन्। तर, सेलाङमा पनि उनीहरू ढुक्कले बस्न पाएका छैनन्। मौसमअनुसार आउने विपत्तिले उनीहरूलाई सताइरहन्छ। वर्षाको पानी झुप्रो छिचोलेर भित्रै पस्छ। वर्षामा पानीको ओछ्यानमा सुतेका उनीहरूले हिउँदका कति रात हिउँको सिरानीमा बिताए। विस्तृतमा