दाङमा घर लिप्ने माटो लिन भनी गएकी एक महिलाको माटोको ढिस्कोले पुरिँदा मृत्यु भएको छ।
लमही नगरपालिका वडा नं. ६ कमानपुर निवासी ३५ वर्षीया धनकुमारी अधिकारीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार दिउँसो १ बजेतिर घर लिप्ने माटो लिन भन्दै गएकी अधिकारी बेलुका ४ बजेसम्म पनि फर्केर घर नआएपछि खोज्न जाँदा ढिस्कोले पुरिएर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए।
माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले अधिकारीलाई पुरेको अवस्थामा फेला परेपछि जेसेबीको साहेताले माटो पञ्छाएर शव निकालिएको डिएसपी घर्तीले बताए।
अधिकारीको शब पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।