चितवनको बी. पी कोईराला मेमोरियल क्यान्सर अस्पतालका अस्थायी कर्मचारी आन्दोलित भएका छन्। करार र ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने, राजनीतिक भर्तिकेन्द्रको रुपमा प्रयोग गर्न नहुने लगायतका माग राखेर आन्दोलन सुरु गरेका हुन्। अस्थायी कर्मचारीहरुले विशेष आन्तरिक परिक्षा लिएर स्थायी गराउन तथा बढुवाका लागि शैक्षिक योग्यता तोक्न माग गरेका छन्।
अस्पतालमा अस्थायी र ज्यालादारी गरेर एक सय बीस कर्मचारी छन्।
कर्मचारीहरुले विज्ञप्ती जारी गर्दै कर्मचारी नियमावली २०६६ संशोधन गरेर कार्यरत कर्मचारीलाई बिदाइ गर्न लागेको भन्दै विरोध गरेका हुन्।