पर्सा प्रहरीले हतियारसहित एक भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण जिल्ला घरैया गाउँ पञ्चायतका रोशनकुमार कैरी छन्।
उनलाई १२ बोर कटुवा पेस्तोल र सोको पाँच गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिन्दवासिनी गाउँपालिका ३ स्थित अमरपट्टीबाट कैरी पक्राउ परेको पर्सा प्रहरीले जनायो।
नेपाल–भारत सिमामा अवैध हतियार ओसारपसार हुने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भारतीयलाई समातेको थियो। पक्राउ परेकामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।