मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका थप पाँच जना आरोपी कारागार चलान भएका छन्।
जिल्ला अदालत मोरङले ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दाको दोस्रो पुरक अभियोगमा पाँच जनालाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सञ्जय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकवर साह र भारतीय नागरिक बिमल पोद्दारलाई कारागार चलानको आदेश दिएको हो। उनीहरूलाई बुधबार नै जिल्ला कारागार मोरङ पठाइएको छ।
अदालतले प्रतिवादीहरूको बयान र तत्काल प्राप्त प्रमाणका आधारमा कारागार चलानको आदेश दिएको हो । अदालतले भारतीय नागरिक पौद्दारको हकमा संगठित अपराध निवारण ऐन २०७० दफा ४१ तथा फौजदारी कार्यविधि २०७४ को दफा ६२(२) को ख बमोजिक र अन्य चार जना नेपाली नागरिकको हकमा फौजदारी कार्यविधि संहिता २०७४ दफा ६७(१) तथा संगठित अपराध ऐन २०७० दफा ४१ बमोजिम कारागार चलानको आदेश दिएको जनाएको छ।
दोस्रो पुरक लागेका पाँच जना कारागार चलान भएस“गै सुन तस्करी र समन शाक्य हत्या अभियोगमा कारागार चलान हुनेको संख्या ३९ पुगेको छ।