पोखरा महानगरपालिका ५ मालेपाटनमा बिहीबार राति भएको दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।
राति करिब ११ बजे भएको सवारी दुर्घटनामा परी पर्वत घर भइ पोखराको सशस्त्र प्रहरी गण पोखरामा कार्यरत रामप्रसाद पौडेलेका मृत्यु भएको कास्की प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए।
राति डिउटीमा खटिएका प्रहरीको मोटरसाइकलाई अज्ञात कारले ठक्कर दिँदा पौडेलको मृत्यु भएको गुरूङले सेतोपाटीलाई जानकारी दिए। उनलाई ठक्कर दिने कारको खोजी भइरहेको उनले जानकारी दिए।
पोखरामा चोरीका घटना बढेपछि कास्की प्रहरीले शसस्त्र प्रहरी गणबाट थप बल ल्याएर रात्रीकालिन गस्ती बढाएको थियो।
पौडेल रात्रीकालीन गस्तीमा खटिएका बेला दुर्घटनामा परेका थिए।