पर्सा प्रहरीले १४ सय केजी मरिच बरामद गरेको छ। सिमावर्ती क्षेत्र वीरगन्ज महानगरपालिका–१ बाट भारत लैजान लागिएको अवस्थामा बिहीबार राति साढे ११ बजे मरिच बरामद गरिएको हो।
पर्सा प्रहरी कार्यालयका अनुसार १४ वटा साइकलमा ५६ बोरा मरिच बरामद भएको छ। बरामद साइकल र बोरा वीरगन्ज भन्सार कार्यालयमा कारबाहीको लागि पठाइएको प्रहरीले जनाएको छ।
तेस्रो देशबाट आयातित मरिच व्यापारीले लुकाइछिपाइ भारत लैजाने गरेका छन्। मरिच निकासीमा भन्सार जाँचपास नहुने भएकाले चोरी निकासी हुने गरेको प्रहरीले जनाएको छ।