गोरखा जिल्ला अस्पताल परिसरमा शव चिस्यान केन्द्र निर्माण गरिएको छ।
श्रीपाली बस्न्यात समाज गोरखाले १२ लाख रुपैयाँ लगानीमा एकै पटक ६ वटा शव राख्न मिल्ने चिस्यान केन्द्र निर्माण गरेको समाजका गोरखा अध्यक्ष विनोदमानसिं बस्न्यातले सेतोपाटीलाई बताए।
शव चिस्यान केन्द्रको सोमबार हस्तान्तरण गरिएको छ। गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उक्त केन्द्र अस्पताललाई हस्तान्तरण गरेका हुन्। यसअघि शव चिस्यान केन्द्र नहुँदा सडेगलेका शवले अस्पताल वरपर दुर्गन्धित हुन्थ्यो। चिस्यान केन्द्रमा शव राख्दा नविग्रने तथा दुर्गन्ध नआउने बस्न्यातले बताए।