गोरखाको पालुङटार नगरपालिकास्थित आँपपिपलमा यस वर्ष पनि लिगलिगे दौड हुने भएको छ।
लिगलिगकोट विकास अभियानले असोज २८ मा नवौं लिगलिगे दौड आयोजना गरेको हो।
चेपेघाटदेखि १३ किलोमिटर दौडेर जो पहिले लिगलिगकोट पुग्छ उहीँ एक वर्षका लागि राजा हुन्छ। आयोजकले पहिलो हुने धावकलाई राजा मानेर श्रीपेच लगाइदिनुका साथै ६० हजार पुरस्कार दिन्छन्।
वि.सं. १६०४ मा दौडेर राजा हुने प्रचलन सुरु भएकोमा १६१६ मा त्यो चलन अन्त्य भएको इतिहास छ। शाह वंशीय राजा द्रव्यशाह पनि दौडेरै लिगलिगकोटको राजा बनेको इतिहास छ। दौडेर राजा हुने इतिहासलाई जीवन्त राखेर ऐतिहासिक क्षेत्रमा पर्यटक भित्र्याउन भन्दै २०६७ देखि लिगलिगे दौड पुन सुरु गरिएको थियो।