गोरखा सदरमुकामका ३९ ठाउँमा सीसी क्यामेरा जडान गरिएको छ।
गोरखा नगरपालिकाको कार्यालय, विभिन्न टोल विकास संस्था, उद्योगी, व्यापारीको सहयोगमा सामुदायिक सेवा केन्द्रले गोरखा बजारलाई सीसी क्यामेराको निगरानीमा राखेको हो।
सीसी क्यामेरा जडानका लागि गोरखा नगरपालिकाले १८ लाख रुपैँया सहयोग गरेको थियो। कूल २६ लाख ७७ हजार रुपैँया लगानीमा सीसी क्यामेरा जडान गरेको सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सुशीलबाबु श्रेष्ठले बताए।