ललितपुरको भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगलागी भएको छ। सोमबार दिउँसो १ बजे भएको आगोलागीबाट करिब साढे ४ करोडको क्षति भएको प्रहरीले जनाएको छ।
ललितपुर प्रहरी प्रभागका अनुसार यति कार्पेटको गोदाममा आगलागी भएको हो। प्रहरीका अनुसार आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ। आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको थियो।
प्रहरीका अनुसार गोदाममा कार्पेट तथा मयाट्रेस राखिएको थियो। आगलागी के कारणले भएको भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेर्नुहोस् केही तस्बिरहरू