कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पिपरीमा एक वृद्धको हत्या भएको छ। बुधबार बिहान स्थानीय ७० वर्षीय त्रिवेणी अहिरको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
अहिरको टाउको र अनुहारमा इँट्टा प्रहार गरिएको छ। राति आफ्नै ओच्छ्यानमा सुतिरहेको अवस्थामा उनीमाथि इँट्टा प्रहार भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए।
घटनास्थलमा आर्थिक लेनदेनसम्बन्धी लेखिएको एउटा कागज फेला परेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
हत्या भएका अहिर स्थानीय हनुमान मन्दिरको धर्मशालामा विगत १० वर्षदेखि बस्दै आएका थिए ।