डल्लुमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेको परिचय नखुलेको ट्राफिक प्रहरीले जनाएको छ।
मोटरसाइकल दुई जना सवार थिए।
तीन जना पैदल यात्रुलाई ठक्कर दिएपछि मोटरसाइकल सडकमा लडेको र मोटरसाइकल चालकको निधन भएको प्रहरीले बताएको छ।
मोटरसाइकलमा पछाडि बस्नेले मोटरसाइकल लिएर भागेकाले मोटरसाइकलको नम्बर समेत पहिचान हुन नसकेको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता जयराम सापकोटाले सेतोपाटीलाई बताए।
होलीको दिनमा ७ वटा दुर्घटना भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।